२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नेपाल एसबीआई बैंकको सिइओको जिम्मेवारीमा रामकुमार तिवारी, दे भारत फर्किने


सञ्चार डबली
  • शुक्रबार, मंसिर २१ २०८१
  • 5.0K
    SHARES

  • images
    नेपाल एसबीआई बैंकको सिइओको जिम्मेवारीमा रामकुमार तिवारी, दे भारत फर्किने

    काठमाडौै । नेपाल एसबीआई बैंकको सिइओमा रामकुमार तिवारी नियुक्त भएका छन् । भारतको स्टेट बैंक अफ स्टेट (एसबीआई)ले नेपाल एसबीआई बैंकमा नयाँ प्रमुख कार्यकारी अधिकृतको रूपमा तिवारीलाई पठाएको हो।

    नेपाल एसबीआई बैंक र भारतको एसबीआईबीचको प्राविधिक सेवा सम्झौताअनुसार एसबीआईले नेपाल एसबीआईमा नयाँ नियुक्त गरिएको बैंकले जनाएको छ । 

    तिवारीले आगामी माघ २ गतेदेखि लागू हुनेगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेनछन् । बैंकको प्रमुख कार्यकारी अधिकृत स्टेट बैंक अफ इन्डियाबाट खटिएर आउने प्रचलन छ । 

    हाल बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा आएका दिपक कुमार देलाई फिर्ता पठाउन स्टेट बैंकले अनुरोध गरेकोले जनवरी १५ देखि उनलाई पदमुक्त गर्न लागिएको बैंकले जनाएको छ । दे २०७७ साउनमा नेपाल एसबीआई बैंकको सिइओ नियुक्त भई आएका थिए । 

    सिइओ देको चार वर्षे कार्यकाल यही भदौ ३१ गतेदेखि समाप्त हुने थियो तर भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले सो मितिपश्चात अर्थात् असोज १ गतेदेखि लागू हुनेगरी थप ६ महिनाका लागि पुनः नियुक्त गर्ने निर्णय गरेको थियो । 

    नयाँ सिइओको रूपमा आउन लागेका तिवारी स्टेट बैंक अफ इन्डियाका जनरल म्यानेजर हुन् । उनी हाल बैंकको छत्तिसगढ राज्यका प्रमुख रहेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend