२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

कुमारी बैंकद्वारा कीर्तिपुरमा उद्यमी प्रशिक्षण सम्पन्न, उद्यमशिलता प्रवर्द्धन तथा विकास हुने विश्वास


सञ्चार डबली
  • शुक्रबार, मंसिर २१ २०८१
  • 6.6K
    SHARES

  • images
    कुमारी बैंकद्वारा कीर्तिपुरमा उद्यमी प्रशिक्षण सम्पन्न, उद्यमशिलता प्रवर्द्धन तथा विकास हुने विश्वास

    काठमाडौै, मंसिर २१ । कुमारी बैंक लिमिटेडले युएसएडसँगको साझेदारीमा महिला सशक्तिकरण केन्द्र कीर्तिपुरसँगको समन्वयमा कीर्तिपुरमा महिला उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । 

    ‘देशैभरि बर्षैभरी’ उद्यमशिलता विकास एवम् प्रवर्द्धनका लागि नियमितरूपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको बैंकले कीर्तिपुरमा महिला उद्यमी प्रशिक्षण सम्पन्न गरेको हो । 

    वित्तीय ज्ञान, सिप, मनोबृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिकरूपमा उद्यमशिलता प्रवद्र्धन तथा विकास हुने विश्वास लिएको कुमारी बैंकले यस अभियानमा सर्वसाधारणहरूको विषयगत संवेदनशीलतालार्ई सहजै बुझ्न सकिने गरि वित्तिय उद्यमी प्रशिक्षण, वित्तिय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरूको अभिनय सहितका सन्देशमूलक भिडियोहरू, सचेतनामूलक सन्देशहरू विकास गरि नियमितरूपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको छ । 

    उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरूको प्रवद्र्धन तथा विकासमा टेवा पु-याउदै आर्थिकरूपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।   

    विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरूपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग इकाईहरू मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend