२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नेपाल एसबीआई बैंकका सेयरधनीले लाभांश पाउने, नगद र बोनस कति ?


सञ्चार डबली
  • शुक्रबार, मंसिर २१ २०८१
  • 7.6K
    SHARES

  • images
    नेपाल एसबीआई बैंकका सेयरधनीले लाभांश पाउने, नगद र बोनस कति ?

    काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडका लगानीकर्ताहरूले लाभांश पाउने भएका छन् । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको हो ।

    मङ्गलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले बैंकले हाल कायम चुक्ता पुँजीको १०.६५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।जसमा ३.८० प्रतिशत बोनस शेयर र ६.८५ प्रतिशत कर प्रयोजनार्थ सहित नगद लाभांश रहेको छ।

    उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित भएपछि शेयरधनीले पाउनेछन् ।

    यसअघि स्ट्यान्डर्ड चार्टर्ड, नबिल, प्राइम, सानिमा, ग्लोबल आईएमई सिटिजन्स, एभरेष्ट र लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरिसकेका छन् । नेपाल एसबिआइ बैंकको लाभांशसँगै गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्ने बैंकको संख्या ९ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend