२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गोली चल्यो


सञ्चार डबली
  • आइतबार, जेठ २८ २०८०
  • 14.3K
    SHARES

  • images
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गोली चल्यो


    काठमाडौं,जेठ २८ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गाली चलेको छ । आज दिउँसो गोली चलेको अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले न्युजकारोबारलाई जानकारी दिए ।

    अधिकारीका अनुसार लागुऔषध कारोबार गर्ने व्यक्तिले प्रहरीलाई गोली हान्ने प्रयास गरेपछि नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको हो ।विमानस्थलको मूलगेट नजिकबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । खैरो हेरोइन कारोबारमा संलग्न समूहका अन्य केही फरार भएका छन् ।

    नियन्त्रणमा लिने क्रममा कारोबारी मध्येका एकले प्रहरीलाई आक्रमण गर्न खोजेपछि उनलाई घुँडामुनि गोली हानि नियन्त्रणमा लिइएको हो ।

    खैरो हेरोइन कारोबारमा समूह नै रहेको सूचना पाएपछि प्रहरी ग्राहक बनेर उनीहरु समक्ष पुगेको थियो । प्रहरीको गोली प्रहारबाट घाइते भएकालाई केएमसी अस्पतालमा उपचारका लागि लगिएको छ । पक्राउ परेका को हुन् भन्नेबारे प्रहरीले खुलाएको छैन।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend