२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

भारतमा कारको ठक्करबाट चार जना नेपालीको मृत्यु


सञ्चार डबली
  • आइतबार, जेठ २८ २०८०
  • 8.5K
    SHARES

  • images
    भारतमा कारको ठक्करबाट चार जना नेपालीको मृत्यु

    काठमाडौं,जेठ २८ गते । भारतको उत्तराखण्ड अन्तर्गत वनबासा नजिकैको चकरपुरमा कारको ठक्करबाट एकै परिवारका चार जना नेपालीको मृत्यु भएको छ। कञ्चनपुरको उल्टाखाम घर भएका चन्द परिवारका ६० वर्षीय नेमबहादुर चन्द, उनकी पत्नी ५६ वर्षीया सरस्वती, २३ वर्षीया बुहारी नर्मदा चन्द र भाईकी पत्नी कल्पना चन्दको मृत्यु भएको जनाइएको छ।

    उनीहरु खटिमाको गोयल कलिनी, मुडेली बस्दै आएका थिए। शनिवार भएको उक्त दुर्घटनामा चारैजना बनबासा हुँदै २ वटा स्कुटरमा खटिमातर्फ गइरहेका थिए। उनीहरुलाई विपरीत दिशाबाट आइरहेको कारले ठक्कर दिएको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend