२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रहरी हिरासतबाट फरार थुनुवा साढे ४ महिनापछि पक्राउ


सञ्चार डबली
  • शनिबार, जेठ २७ २०८०
  • 9.5K
    SHARES

  • images
    प्रहरी हिरासतबाट फरार थुनुवा साढे ४ महिनापछि पक्राउ


    काठमाडौं, २७ जेठ ।धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर फरार भएका एक थुनुवा साढे ४ महिनापछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका–२ रमदैयाका २५ वर्षीय रोशन यादव रहेको प्रहरीको भनाइ छ ।

    उनलाई विशेष सुचनाको अधारमा आज बिहान साढे १० बजे भारत बिहारको सितामढी जिल्लाबाट दिदीको घर महोतरी औरही बजार आउँदै गरेको अवस्थामा पक्राउ गरेको धनुषाका प्रहरीले जनाएको छ ।

    उनी शान्तिविरुद्धको अपराध मुद्दा शिर्षकमा पक्राउ परी थुनामा थिए । माघ १५ गते राति हिरासत फोडेर यादवसहित ६ थुनुवा फरार भएका थिए । जसमध्ये पाँचजनालाई यसअघि नै प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend