२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सडकमै लागुऔषध सेवनकर्ताको चेकजाँच सुरू


सञ्चार डबली
  • शनिबार, जेठ २७ २०८०
  • 10.3K
    SHARES

  • images
    सडकमै लागुऔषध सेवनकर्ताको चेकजाँच सुरू


    काठमाडौं, २७ जेठ । चालक नै लागु औषध सेवन गरेको भन्ने जनगुनासो बढेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले सडकमै लागुऔषध सेवनकर्ताको चेकजाँच गर्न सुरू गरेको छ ।

    सिमावर्ती क्षेत्रमा खुला रुपमा पाइने लागुऔषधको सेवन गरी सवारी चलाउदा ज्यान नै जोखिममा हुने गरेको भन्दै सडक सुरक्षा अभियान अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय बेलहिया र लागुऔषध नियन्त्रण ब्युरोको सहकार्यकामा चालकहरुले लागु औषध सेवन (लापसे)गरे नगरेको परिक्षण गरिएको हो ।

    पश्चिमाञचल ट्रक यातायात व्यवसायी समितिको सहयोगमा प्राप्त भएको रेपिड मल्टी ड्रग टेष्टडिपकार्ड (किट) मार्फत चालकले विभिन्न ६ प्रकारको लागुऔषध सेवन गरे नगरेको परिक्षण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरिक्षक साकारराज पन्तले बताए । प्रहरी सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत नै सिमावर्ती क्षेत्र बेलहियाबाट छुट्ने गाडीहरुको चालकको परिक्षण गरेका छौ, आकस्मिक रुपमा बेला बेलामा विभिन्न ठाउमा यो परिक्षण गर्ने गरेका छौ, उनले भने ।

    उनका अनुसार जनगुनासो बढेपछि डण्डा खोला नजिकै संयुक्त टिमले परिक्षण गरेको हो । बेलहिया तर्फबाट आउने अधिकांस चालकहरुको परिक्षण गरेका छौ, केही संकास्पद देखिएपछि किट मार्फत परिक्षण गरिएको उनले भने । परिक्षण गरिएको ११ जना मध्ये ३ जनाले लागुऔषध सेवन गरेको पाइएको ट्राफिक प्रमुख पन्तले भने ।

    विशेष चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका प्रहरीलाई बुझाएका छौ, अनुसन्धान गरी प्रयोगकर्ता हो कि ओसारपसार वा अन्यमा संलग्न छ भन्ने खुलेपछि सोही अनुसार कारवाही हुने छ ।

    ट्राफिक प्रहरीले अहिले परिक्षण गर्ने किटले ६ प्रकारको लागु औषध प्रयोग गरेको हो वा हैन भन्ने पुष्टि गर्छ । गाजा, कोकिन, ब्राउन सुगर, डाइजेपाम, एम्फेटामाइन र बार्विटुरेट्स समूहको लागु औषध प्रयोग गरेको छ भनि किट मार्फत अन द स्पट चेक हुने छ । किट केही खर्चिलो भएकोले यो अभियानलाई निरन्तर गर्न नसकेपनि बेला बेलामामा भएको सिमित किट मार्फत छड्के परिक्षण गर्ने गरेको कार्यालयले जानकारी दिएको छ ।

    मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई लामो समयदेखि नै ट्राफिक प्रहरीले कारबाही गर्दै आए पनि पछिल्लो समय लागुऔषध सेवन गरेर सवारी साधन चलाउने चालक भेटिन थालेपछि लागुऔषध जाँच अभियानलाई कार्यालयले तीव्रता दिइएको छ । एक साता अघि पनि रुपन्देहीबाट चेकजाँचकै क्रममा ३ जना चालकले लागु औषध सेवन गरि सवारीसाधन चलाएको पाएपछि कारवाही गरेको थियो । कारवाहीमा पर्ने डरले सिमा क्षेत्रबाट चल्ने सवारीसाधनका चालकहरु सचेत हुदै गएपनि पूर्ण रुपमा रोक्न सकिएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend