२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आजको मौसम : तराईमा तापक्रम नघट्ने,कोशी, गण्डकी तथा कर्णाली प्रदेशमा वर्षाको सम्भावना


सञ्चार डबली
  • शनिबार, जेठ २७ २०८०
  • 10.7K
    SHARES

  • images
    आजको मौसम :  तराईमा तापक्रम नघट्ने,कोशी, गण्डकी तथा कर्णाली प्रदेशमा वर्षाको सम्भावना

     

    काठमाडौं, २७ जेठ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। कोशी प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

    राती कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

    देशका तराइका भू–भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिन्छ जसका कारण सो भू–भागहरूमा तातो हावा र लू चलिरहेको अवस्था छ। कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जनरचट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। तसर्थ, अत्याधिक गर्मी तथा मेघ–गर्जन, चट्याङ्ग बाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend