२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

रुकुम पश्चिमको चौरजहारिमा मुर्रा जातको भैंसी फर्म संचालन


  • शुक्रबार, जेठ २६ २०८०
  • 6.7K
    SHARES

  • images
    रुकुम पश्चिमको चौरजहारिमा मुर्रा जातको भैंसी फर्म संचालन

    रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा मुर्रा जातको भैसी फर्म संचालनमा आएको आएको छ । चौरजहारी नगरपालिकाको वडा नम्वर १ लामिछाने गाउँमा भारतको लखनउ वाट मुर्रा जातका भैंसी खरिद गरी फर्म संचालनमा ल्याईएको हो बताएको छ । 

    नयाँ अभियान कृषि सहकारी संस्था लिमिटेडले वजारमा वढदो दूध तथा दग्धजन्य पदार्थको मागलाई मध्यनजर गर्दै भैंसी फर्म संचालनमा ल्याईएको स्थानियको भनाइ छ । शहकारी संस्थामा आबद्द  ७ जना सदस्यहरुले प्रति सदस्य रु २ लाखका दरले १४ लाख र जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमको रु ८ लाखको अनुदान गरी २२ लाख वारावरको लगानीमा फर्म संचालन गरीएको सहकारी संस्थाका अध्यक्ष क्रृषिप्रसाद शर्माले जानकारी दिए ।

    भारतको लखनउ वाट ९ वटा मुर्रा जातका माउ भैसी र ८ वटा पाडा, पाडी गरी १७ वटा भैंसी फर्ममा रहेका छन । अहिले उक्त फर्मवाट दैनिक २५ लिटर दुध वजारमा खपत हुदै आईरहेको अध्यक्ष शर्माको भनाई छ । प्रतिलिटर रु ८० मा दुध विक्रि हुदै आईरहेको तर वजारको माग वमोजिम दुध आपूर्ति गर्न नसकिएको नयाँ अभियान कृषि सहकारी संस्थाका उपाध्यक्ष पर्शुराम लामिछानेले बताए  ।

    उपाध्यक्ष लामिछानेले, विगतका दिनहरुमा स्थानीय सरकार, कृषि तथा पशु सेवा कार्यालयहरु वाट अनुदानको लाभमा कतिपय ठाउँमा भैंसी फर्महरु संचालन गरेको पनि हामीले देखेका थियौ तर उनीहरुले ति फर्महरुलाई निरन्तर रुपमा संचालन गर्न सकेनन यो नयाँ अभियान सहकारी फर्म लाई कर्णाली प्रदेशकै नमुना भैंसी फर्मको रुपमा स्थापित गर्ने लक्ष्यका साथ आफुहरुले फर्म संचालनको सुरुवाती गरेको जानकारी दिए ।

    दुधमा सुद्धता, हाम्रो प्रतिवद्धता भन्ने मुलनाराका साथ सहकारी संस्थाले सूरुमा १५ जना ग्राहक वाट दूध वितरण गर्दै आईरहेको जनाएको छ । लामिछाने गाउँ स्थित करिव २५ सय वर्गमिटर जमिनमा उक्त फर्म संचालन गरीएको छ, भविश्यमा चौरजहारी नगरपालिका अन्तरगतका १४ वटै वडामा फर्मलाई विस्तागरीने, वजारमा दूध डेरी संचालन गर्ने योजना रहेको संस्था लिमिटेडका कोषाध्यक्ष देवि खडकाले बताईन ।

    चौरजहारी नगरपालिका वडा नम्वर १ र २ मा २ वटा दुध डेरी संचालनमा रहेका छन तर ती दुई वटै डेरीले वजारको माग अनुसारको दूध, दही तथा दुग्धजन्य पदार्थ आपूर्ति गर्न सकिरहेका छैनन । चौरजहारीमा वर्तमान समयमा पनि रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको सिम्ली, जाजरकोट जिल्लाको कुदु, र सल्यान जिल्लाको कोर्ति, वस्नेत जिउँला,लगाएतका ठाउँ वाट दूध, दही आपूर्ति हुदै आईरहेको छ ।


    सन्तोष धिताल -/- गोरखा
    सन्तोष धिताल -/- गोरखा

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend