२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेसनल हाइड्रोपावरले हकप्रद सेयरको बुक क्लोज मिति तोक्यो


सञ्चार डबली
  • बुधबार, जेठ २४ २०८०
  • 9.0K
    SHARES

  • images
    नेसनल हाइड्रोपावरले हकप्रद सेयरको बुक क्लोज मिति तोक्यो


    काठमाडौ,  २४ जेठ ।  नेसनल हाइड्रोपावर कम्पनीले हकप्रद सेयरको लागि बुक क्लोज मिति तोकेको छ । आज बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १ असारमा बुक क्लोज गर्ने निर्णय गरेको छ ।

    तसर्थ, जेठ ३२ गतेसम्म कायम सेयरधनीले कम्पनीले जारी गर्न लागेको ५० प्रतिशत हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले १०ः५ अनुपातमा ८२ करोड २१ लाख ४५ हजार ९७१.७८ रुपैयाँ बराबरको ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । 

     कम्पनीले हाल कायम १ अर्ब ६४ करोड ५५ लाख १६ हजार रुपैयाँ चुक्ता पुँजीमा हकप्रद बिक्री गर्न लागेको हो । यसमा मुक्तिनाथ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

     कम्पनीले हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डमा अनुमति दिएको छ । अब बोर्डबाट हकप्रद सेयर बिक्री अनुमति पाएपछि कम्पनीको हकप्रद निष्कासन प्रक्रिया अघि बढ्नेछ । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend