२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सफा हिमाल अभियान–२०२३ को चौथो संस्करण सफलतापूर्वक सम्पन्न


सञ्चार डबली
  • बुधबार, जेठ २४ २०८०
  • 6.0K
    SHARES

  • images
    सफा हिमाल अभियान–२०२३ को चौथो संस्करण सफलतापूर्वक सम्पन्न


    काठमाडौं, २४ जेठ । नेपाली सेनाको नेतृत्वमा विभिन्न सरकारी संस्था र दातृ संस्थाको सहकार्यमा सञ्चालित सफा हिमाल अभियान–२०२३ को चौथो संस्करण सम्पन्न भएको छ।

    सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरूणत्से सरसफाइ गर्ने उद्देश्यका साथ उक्त अभियान २८ मार्चमा सुरु भएको थियो। विश्व वातावरण दिवसको अवसरमा जुन ५ मा एक कार्यक्रम आयोजना गरेर उक्त अभियान सफलतापूर्वक सम्पन्न भएको जानकारी दिइएको छ।

    अत्यधिक उचाइमा रहेका यी हिमालहरूबाट फोहोर संकलन गर्ने जोखिमपूर्ण यात्रामा नेपाल आर्मीका सदस्य र शेर्पाहरू गरी ९७ जना सहभागी थिए। यस पटक चार हिमालबाट अभियानकर्ताहरूले ३५ हजार ७ सय ८ किलोग्राम फोहोर संकलन गरेको छ।

    सफा हिमाल अभियान–२०२३ का निर्देशक ब्रिगेडियर जनरल सुन्दरकुमार पाण्डेले चार मुख्य हिमालहरूबाट ३५ हजार ७ सय ८ किलोग्राम फोहोर संकलन गरेको बताए। प्रतिकूल मौसम र अत्यधिक उचाइका कारण यात्रा चुनौतीपूर्ण र जोखिमपूर्ण रहेको उल्लेख गर्दै उनले हाम्रा हिमालहरू सफा राख्ने यो अभियान सफलतापूर्वक सम्पन्न हुनुलाई गर्वको रूपमा लिएको जनाए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend