२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एप्पलले संसारकै सबैभन्दा पातलो म्याकबुक ल्यायो


सञ्चार डबली
  • मंगलबार, जेठ २३ २०८०
  • 9.4K
    SHARES

  • images
    एप्पलले संसारकै सबैभन्दा पातलो म्याकबुक ल्यायो

    काठमाडौं, २३ जेठ । एप्पलले विश्वव्यापी विकासकर्ता सम्मेलनमार्फत पहिलो पटक १५ इन्चको म्याकबुक लन्च गरेको छ । यो विश्वको सबैभन्दा पातलो १५ इन्चको म्याबुक हो । यसको गति इन्टेल आधारित म्याकबुक एयर भन्दा १२ गुणा बढी छ। एप्पलको नयाँ १५ इन्चको म्याकबुक एयर १,२९९ डलरमा बिक्री गर्ने जनाएको छ ।

    एप्पलको विश्वव्यापी विकासकर्ता सम्मेलन जुन छ मा भारतीय समय अनुसार राति १०ः३० बजे सुरु भएको थियो । साथै, एप्पलले भिजन प्रो नामक भर्चुअल रियालिटी हेडसेटसमेत लन्च गरेको छ। कार्यक्रममा एप्पलले १५ इन्चको डिस्प्लेको म्याकबुक एयर र म्याक स्टुडियो मोडल सार्वजनिक गरेको छ । एप्पलले एम टु अल्ट्रा चिपसेट भएको नयाँ म्याक्स स्टुडियो लन्च गरेको छ।

    यो इन्टेलमा आधारित म्याक प्रो भन्दा ३ गुणा छिटो रहेको कम्पनीको दाबी छ, जसले १९२ जीबीको आन्तरिक मेमोरी प्राप्त गर्नेछ। यो कार्यक्रम क्यालिफोर्नियाको क्युपर्टिनोस्थित एप्पल पार्कमा जुन ९ सम्म चल्नेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend