२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

ओडिशा रेल दुर्घटनाः ५१ घन्टा पछि एक लेनको रेल सेवा सुचारु, दोस्रो चाँडै हुने


सञ्चार डबली
  • सोमबार, जेठ २२ २०८०
  • 8.1K
    SHARES

  • images
    ओडिशा रेल दुर्घटनाः ५१ घन्टा पछि एक लेनको रेल सेवा सुचारु, दोस्रो चाँडै हुने


    उडिसा, २२ जेठ । ओडिशा रेल दुर्घटना पछि अबरुद्ध हुन पुगेको रेल सेवा ५१ घन्टा पछि सुचारु भएको छ । बालासोर जिल्लाको बहंगा बजारमा शुक्रबारको भीषण रेल दुर्घटना पछि पूर्वी र दक्षिणी भारतलाई जोड्ने रेल सेवा अबरुद्ध हुन पुगेको थियो ।

    तर, हिजो राती मुख्य ट्रंक लाइनबाट क्षतिग्रस्त रेलका कोचहरू हटाइएको तथा रेल सेवाहरू सुचारु गर्नका लागि दुईवटा ट्र्याकहरू मर्मत गरिए पछि सो बाटो हुदै जाने रेल सेवा सुचारु भएको हो । आइतबारदेखि एक लाइनको रेल सेवा सञ्चालनमा आएको थियो ।

    सो भयानक दुर्घटना पछि घटनास्थलमा रहेका रेल मन्त्री रेल मंत्री अश्विनी वैष्णव आफैं उपस्थित भएर रेल्वे सेवा सुचारु गराएका थिए । सो दुर्घटनाको ५१ घन्टा पछि मालगाडी पास भए पछि रेलमन्त्रीले पहिले भगवानलाई धन्यवाद दिए र त्यसपछि जनतासँग कुरा गर्दै सबैले राम्रो हुदैँ जाने बताए ।

    ‘यस दुर्घटनामा ज्यान गुमाएका परिवारहरूप्रति म धेरै दुःखी छु। तर हामी यो घटनाको जरासम्म जान्छौं। दोषी जोसुकै भए पनि कडा भन्दा कडा कारबाही हुन्छ,’ उनले उपस्थित सञ्चारकर्मीसँग भने, ‘रेल पुनः सञ्चालनमा आएकोमा सबैलाई बधाई छ, अब दोस्रो लाइनवाट पनि रेलसेवा चाँडै सुरु गर्नुपर्छ।’

    रेल मन्त्री वैष्णवले दुर्घटनाको मूल कारण पत्ता लगाइएको छ र यसको लागि जिम्मेवार व्यक्ति पहिचान गरिएको छ जनाएका छन । ‘यो दुर्घटना इलेक्ट्रोनिक इन्टरलकिङ र प्वाइन्ट मेसिनमा गरिएको परिवर्तनका कारण भएको हो,’ प्रारम्भिक रिर्पोटवारे जानकारी दिदै उनले पत्रकारहरुसँग भने ।उनका अनुसार सो दुर्घटनाको कारण ‘पोइन्ट मेसिन’ र ‘इलेक्ट्रोनिक इन्टरलकिङ’ प्रणालीसँग सम्बन्धित रहेकाले सोही बिन्दुवाट अनुसन्धान गरिएको छ ।

    गत शुक्रबार राती तीनवटा रेल एक आपसमा ठोक्किदा २ सय ७५ भन्दा बढीको मृत्यु भएको थियो भने ११ सय भन्दा बढी घाइते भएका थियो । सो दुर्घटना यस दशककै सबैभन्दा ठुलो दुर्घटना मानिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend