२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

रारा ट्रेल रनको उपाधि जुम्लाका शेर बहादुर अधिकारीलाई


सञ्चार डबली
  • शनिबार, जेठ २० २०८०
  • 7.4K
    SHARES

  • images
    रारा ट्रेल रनको उपाधि जुम्लाका शेर बहादुर अधिकारीलाई

    नन्द बहादुर रोकाया
    जेठ २० मुुगुु
    पर्यटन प्रबद्धन र राराको प्रचार प्रसारका लागी तिन बर्ष देखि आयोजना हुदै आएको रारा ट्रेल रनको उपाधि जुम्लाका शेर बहादुर अधिकारीले हात पारेका छन् । रारा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको श्री बक्स गुल्म र छाँयानाथ रारा नगरपालिकाले संयुक्त आयोजना सञ्चालीत तेस्रो रारा ट्रेल रन २०२३ को उपाधी जुम्लाको हिमा गाउपालिका - ६ पातरखोलाका अधिकारीले रारा ताल वरीपोरी १६ किलो मिटर दौड ५९ मिनेट २० सेकेन्डमा पार गरि प्रथम उपाधी हासिल गरेका हुन । उक्त प्रतियोगितामा २ सय २२ जना खेलाडी सहभागि रहेको श्री बक्स गुल्म हुटु राराका गुल्मपति डोलराज श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा जुम्ला कनकासुन्दरी गाउँपालिका - ३ का शेर बहादुर बुढाले १ घण्टा १२ सेकेन्डमा पार गरी दोस्रो  र तेस्रो उपाधी जुम्लाकै पातारासि गाउपालिका - ५ का दिपेन्द्र बोहोराले १ घण्टा १ मिनेट २१ सेकेन्डमा पार गरेर हात पारेका श्री बक्स गुल्मका गुुल्मपति डोल राज श्रेष्ठले जानकारी दिए  ।

    महिला तर्फ जुम्लाको गुठिचौर गाउपालिका - ३ की राज्य लक्ष्मी रावलले पहिलो उपाधी हात पारिन ।  १६ किलो मिटर रावलले १ घण्टा १३ मिनेट ५२ सेकेन्डमा उनले पार गरेकि थिईन । यस्तै दोश्रो स्थानमा जुम्लाकै तिला गाउपालिका - ९ की अनिता बुढा रहेकि छन । उनले १ घण्टा १४ मिनेट २१ सेकेन्डमा लगाईन तेश्रो स्थानमा जुम्लाकै पातारासि गाउपालिका - २ कि समिता बुढाले १ घण्टा १६ मिनेट ३७ सेकेन्डमा पार गरेको थिईन । बिजेता पुरुष तथा महिला खेलाडिहरुलाई प्रथम, दोस्रो र तेस्रोलाई क्रमश ४० हजार, ३० हजार, २० हजार रुपैया रकम पुरस्कार तथा प्रमाण प्रत्र प्रदान गरिएको आयोजकले जनाएको छ  ।
    नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र र कर्णाली प्रदेशका अन्य खेलाडी गरी २ सय २२ जना सहभागी मध्ये पहिलो दोस्रो र तेस्रो पुरुष तथा महिला उपाधी सबै जुम्ला जिल्लाका खेलाडीले हात पारेका छन ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend