२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

‘आर्मर सिस्टम' हालिएको भए रोक्न सकिन्थ्यो ओडिशाको दर्दनाक रेल दुर्घटना


सञ्चार डबली
  • शनिबार, जेठ २० २०८०
  • 10.0K
    SHARES

  • images
    ‘आर्मर सिस्टम' हालिएको भए रोक्न सकिन्थ्यो ओडिशाको दर्दनाक रेल दुर्घटना


    काठमाडौं, २० जेठ । ओडिशाको बालासोरमा भएको दर्दनाक दुर्घटनाले सबैलाई असह्य बनाएको छ। प्राप्त जानकारी अनुसार अहिलेसम्म २ सय ८३ भन्दा बढीको मृत्यु भइसकेको छ भने १ हजार भन्दा बढी घाइतेको खबर आइरहेको छन् ।

    भारतीय रेलवेका प्रवक्ता अमिताभ शर्माले यस रुटमा आर्मर सिस्टम उपलब्ध नभएकाले सम्भावित दुर्घटनावाट बचाउन नसकिएको बताएका छन् । यो दुर्घटनापछि फेरि कबच चर्चामा आएको छ । किनभने, रेल मन्त्रालयले गत वर्ष कवाच प्रविधिको परीक्षण गरेको थियो।

    यो प्रविधिले शून्य दुर्घटनाको लक्ष्य हासिल गर्न मद्दत गर्ने रेलवेको दाबी छ। यसबाट सिग्नल जम्प गर्दा ट्रेन स्वतः रोकिनेछ। तर, यो प्रबिधि देशभर जडान गरे पछि ५० लाख रुपैयाँ प्रतिकिलोमिटर लाग्नेछ, त्यसैले यो महंगो पनि छ । जानकारीका अनुसार यो प्रणालीले हेड अन कोलिजन, रियर एन्ड कोलिजन र सिग्नल ह्याजार्ड जस्ता तीन अवस्थामा काम गर्छ।

    कबचले ब्रेक फेल भएको अवस्थामा ब्रेकको स्वचालित अनुप्रयोगद्वारा ट्रेनको गतिलाई नियन्त्रण गर्दछ। यसले उच्च फ्रिक्वेन्सी रेडियो कम्युनिकेसन प्रयोग गरेर गतिको जानकारी दिन्छ । जुन एसआईएल (सुरक्षा अखंडता स्तर – ४) अनुसार नै सुरक्षा प्रमाणनको उच्चतम स्तरवाट काम गर्छ ।

    प्रत्येक ट्र्याकको लागि ट्र्याक र स्टेशन यार्डमा आरएफआईडी ट्यागहरू दिइन्छ, जसले ट्र्याक, ट्रेनहरूको स्थान र ट्रेनको दिशा पहिचान गर्न संकेतहरू दिन्छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend