२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

गाडीबाट खसेर भक्तपुरमा एकजनाको मृत्यु


सञ्चार डबली
  • शनिबार, जेठ २० २०८०
  • 6.6K
    SHARES

  • images
    गाडीबाट खसेर भक्तपुरमा एकजनाको मृत्यु

    भक्तपुर, २० जेठ । भक्तपुरको सल्लाघारी हनुमन्ते पुल नजिकै गुडिरहेको गाडीबाट खसेर शनिबार एकजनाको मृत्यु भएको छ । राधेराधेबाट निकोसेरातर्फ जादै गरेको बा २१ च ५३०१ नं.को हात्ती गाडीमा पछाडि सवार हाल नामथर, वतन नखुलेको बर्ष अं. ४०–४५ की महिला गाडी गुडिरहेको अबस्थामा अचानक खसी मृत्यु भएको हो ।

    प्रहरीका अनुसार दुर्घटनापछि गम्भीर घाईते भई उपचारको लागि डा. ईवामुरा अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटनापछि सवारी चालक काभ्रे भुम्लु गाउँंपालिका ३ घर भई हाल ललितपुर ईमाडोल बस्ने बर्ष ३० को सूर्यबहादुर पहरीलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरू भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend