शुक्रबार, जेठ १९, २०८०
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ अभियुक्तको बयान सकियो । गत हप्ताको शुक्रबारबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको बयान आज सकिएको हो ।
शुक्रबार पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल तथा हरिभक्त महर्जनको बयान लिइएको छ । बयान सकिएसँगै आइतबारबाट थुनछेक बहस सुरु हुने जानकारी अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिएका छन् ।


