२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

खोटाङ जाँदै गरेको सिटिइभिटीको गाडी सुनकोशीमा खस्दा, ३ जना बेपत्ता


सञ्चार डबली
  • शुक्रबार, जेठ १९ २०८०
  • 7.0K
    SHARES

  • images
    खोटाङ जाँदै गरेको सिटिइभिटीको गाडी सुनकोशीमा खस्दा, ३ जना बेपत्ता

    १९ जेठ २०८०, शुक्रबार  

    काठमाडौँ– सुनकोसी नदीमा सिटिइभिटीको गाडी खस्दा तीन जना बेपत्ता भएका छन्। भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको बा१झ ७४६७ नम्बरको जीप मध्यपहाडी लोकमार्गअन्तर्गत घुर्मी–खुर्कोट सडकखण्डको गोलन्जोर गाउँपालिका- ७ को लौकुनबाट सुनकोसीमा खसेको हो । 

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी राजकुमार सिलवालका अनुसार गाडीमा वेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका वडा नं. ९ बस्ने वर्ष ५७ का सिटिइभिटीका निर्देशक कृष्णबहादुर केसी, पूर्विनवलपरासी प्रगती नगरपालिका वडा नं. ७ बस्ने सीटीईभीटीका योजना महाशाखा निर्देशक यमबहादुर भुजेल र ईलाम घर भएका प्राविधिक अधिकृत भानु पौडेल सवार रहेको खुलेको छ। गाडीचालक कृष्णबहादुर चौधरी पौडिएर निस्कन सफल भएका छन् । बेपत्ता भएकाको स्थानीय र प्रहरीले खोजी भइरहेको पनि जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend