२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आजको तरकारी तथा फलफूलको मूल्य 


सञ्चार डबली
  • शुक्रबार, जेठ १९ २०८०
  • 6.5K
    SHARES

  • images
    आजको तरकारी तथा फलफूलको मूल्य 

    सञ्चारडवली
    १९ जेठ २०८०, शुक्रबार  

    काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरेको मूल्य सूचीअनुसार प्रतिकेजी ९ रुपैयाँ ६० पैसादेखि ४६५ रुपैयाँसम्मको तरकारी र फलफूल पाइनेछ।

    सबैभन्दा सस्तो लोकल बन्दा प्रतिकेजी ९ रुपैयाँ ६० पैसा र सबैभन्दा महंगो सकोको खुर्सानी किलोको ४६५ रुपैयाँ कायम भएको छ। किवि र आभोकाडो प्रतिकेजी ४५० रुपैयाँ, ठुलो गोलभेँडा ९नेपाली० २७ रुपैयाँ ५० पैसा, ठुलो गोलभेँडा ४५ रुपैयाँ, सानो गोलभेँडा ९लोकल० १८ रुपैयाँ ४० पैसामा कारोबार भइरहेको छ।

    तोरीको साग र लाम्चो फर्सी ३५ रुपैयाँ, रातो आलु र मुडेको आलु ४१ रुपैयाँ, सुकेको प्याज ९भारतीय० ५१ रुपैयाँ, गाजर ९लोकल०, हरियो लसुन र हरियो खुर्सानी ७५ रुपैयाँ, स्थानीय काउली ७६ रुपैयाँ, स्थानीय काउली ९ज्यापु० ८५ रुपैयाँ, रातो मूला र तितो करेला ४५ रुपैयाँ तोकिएको छ।

    त्यस्तै, तने बोडी ५५ रुपैयाँ, मटरकोशा १९० रुपैयाँ, टाटे सिमी १४६ रुपैयाँ ६७ पैसा, भटमासकोसा ११६ रुपैयाँ, परवर ८५ रुपैयाँ, घिरौँला ५६ रुपैयाँ, भिण्डी ६६ रुपैयाँमा किनबेच भइरहेको छ। यसैगरी पालूगों, चमसूर, मेथीको साग, सौफको साग र पुदिना ९६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १४६ रुपैयाँ, डल्ले च्याउ २९४ रुपैयाँ, ब्रोकाउली ९५ रुपैयाँ चुकुन्दर, ग्याठ कोबी र गान्टे मूला ७६ रुपैयाँ ६७ पैसा कायम गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend