२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाण र रिजालको बयान आज


सञ्चार डबली
  • शुक्रबार, जेठ १९ २०८०
  • 7.0K
    SHARES

  • images
    नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाण र रिजालको बयान आज

    १९ जेठ २०८०, शुक्रबार  

    काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाण, अधिकारकर्मी टेकनाथ रिजालको बयान आज हुने भएको छ। बयानका लागि विभिन्न बाहाना बनाउँदै आएका खाणसहित रिजाल र काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका हरिभक्त महर्जनको बयान आज लिइने भएको हो। आज तीन जनाको बयान सकिए पक्राउ परेका अदालती सबैको बयान सकिनेछ ।

    हिजो बिहीबार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित तीन जनाको बयान लिइएको थियो। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्वउपप्रधानमन्त्री रायमाझी, आङटावा शेर्पा र समशेर मियाँले बयान लिइएको हो।

    नक्कली शरणार्थी प्रकरणमा प्रतिवादीको बयान यही जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतमा लिन थालिएको हो। बिहीबार यस गिरोहमा संलग्न एकजना फरार प्रतिवादी हरिभक्त महर्जन पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या १८ पुगेको छ । अझै १२ आरोपी फरार रहेको प्रहरीले जनाएको छ।

    अब आइतबारदेखि थुनछेक बहस हुनेछ। थुनछेक बहसमा सरकारी वकिलको कार्यालयका तर्फबाट ८ जना वकिलले बहस गर्नेछन्। उनीहरुको बहस सकिएपछि प्रतिवादीहरु तर्फका वकिलले बहस गर्नेछन्। दुवै पक्षको बहस सकिएपछि अदालतले पक्राउ परेकाहरुलाई धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिनेछ। यस प्रकरणमा ठगी, लिखत किर्ते, राज्यविरुद्ध, संगठित अपराधसम्बन्धी कसुर मुद्दा चलाइएको छ। फरारहरुको खोजी तीब्र पारिएको काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले बताएका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend