बिहीबार, जेठ १८, २०८०
काठमाडौं । ट्राफिक प्रहरीले जरिबाना गरेपछि कलंकीमा सार्वजनिक गाडीका चालकहरूले विरोध गरेका छन् । उनीहरूले बीच सडकमा गाडी रोकेर विरोध गरेका हुन् ।
उनीहरूले गाडीहरू सडकमै तेर्स्याएपछि अहिले कलंकीमा जाम भएको छ । लामो दुरीबाट आउने र जाने सवारी साधनहरुलाई कलंकीमा रोकिराखिएको छ ।


