२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ


सञ्चार डबली
  • बुधबार, जेठ १७ २०८०
  • 5.1K
    SHARES

  • images
    वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ


    काठमाडौं, १७ जेठ । वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सर्लाही हरिवन नगरपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–३२ तिनकुने बस्ने २७ वर्षीय निरोज बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।

    बुढाथोकीले ४ जना पीडितलाई वैदेशिक रोजगारका लागि सर्बिया पठाई कृषिमा काम लगाइदिन्छु मासिक १ लाख रूपैयाँ भन्दा धेरै तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितहरुबाट पटक पटक गरी १२ लाख रूपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–९ सिनामंगलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend