२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

मुुगुको तिर्प गाउँमा सिचाई कुुलो निमार्ण, किसानहरुमा खुसी ।


सञ्चार डबली
  • मंगलबार, जेठ १६ २०८०
  • 5.7K
    SHARES

  • images
    मुुगुको तिर्प गाउँमा सिचाई कुुलो निमार्ण, किसानहरुमा खुसी ।

    नन्द बहादुर रोकाया
    जेठ १७ मुगु
    मुगु : मुुगुको छायाँनाथ रारा नगरपालिका १३ तिर्प गाउँमा सिचाई कुलो निमार्ण भएपछि किसान खुसी भएका छन । तिर्प गाउँ खेतियोग्य जमिनको लागि सिचाई कुलो निर्माण भई सञ्चालनमा आएसंगै यहाँका किसानहरुमा खुसी छाएको हो । विगतका बर्षहरुमा आकाशेपानिको भरमा खेतिपाति गदै आएका र आकाशे पानीको भरपर्नु पर्ने बाध्यता खेप्दै आएका यहाँका किसान सिचाई कुलो सञ्चालनमा आएसंगै त्यो बाध्यता टर्रेको बताउँछन । गाउँमा सिँचाइका लागि कुलो बनेपछि उब्जनी पनि बढ्ने यहाँका किसानहरूको आशा पलाएको छ । कर्णालीका किसानहरूलाई सिँचाइ अभावले आकाशे पानीको भर पर्नुपर्ने बाध्यता छ । पाखो जमिन र सिँचाइ सुविधा नहुनाले पनि कर्णालीमा सोचे अनुरुप उब्जनी हुदैन ।

    abcd.jpg
    undefined

    ग्रामिण समुदाय बिकास केन्द्र आर सि डि सि द्धारा सञ्चालीत युएसआईडि मर्सीकोरको आर्थिक सहयोग भकारी परियोजन अन्र्तगत तिर्प गाउँमा ३ सय २० मिटर सिँचाइ कुलो निमार्ण भई सञ्चालनमा आए संगै यहाँका किसानमा खुसी छाउनुका साथै आकाशे पानिको खेति गर्ने बाध्यता टरेको बताउछन । सिचाईकुलो निमार्ण भई सञ्चालनमा आएसंगै तिर्प सिचाईकुलो निमार्ण  समितीका अध्यक्ष बियकला मल्लका अनुसार अब आकाशे पानीको भर पर्नु नपर्ने र किसानको उत्पादन पनि  बढ्ने भन्दै खुसी ब्यक्त गरिन । उनका अनुसार  सिँचाइ कुलो निर्माण मा महिला पुरुष सबैजनाले रातदिन नभनी साबेल, घन उठाएर काम गरी कुुलो निमार्ण गरेका र केहि दिन भएपनि गाउँमै रोजगारी संगै सिचाई सुविधिाले  आफूहरू सन्तुष्ट रहेको पनि उनले बताईन ।

     
    सिँचाइ सुविधा पुगेपछि किसानको उत्पादन बढ्ने र खाद्य समस्या हट्दै जाने अपेक्षा गरिएको छ । कुलो निर्माण भएपछि स्थानीयले खेतमा सिँचाइ गरी उत्पादन पनि बढ्ने भएकाले भकारी परियोजनाले सिँचाइ कुलो निर्माणमा जोड दिएको भकारी परियोजना संयोजक  कर्णजङ्ग शाहीले बताए । कुल निमार्णमा संस्थाको तर्फ बाट १४ लाख ८९ हजार ९ सय ५ र जन श्रमदान बाट १ लाख ७६ हजार ८ सय २५ गरी जम्मा १६लाख ६६ हजार ७ सय ३१ मा सिचाई कुलो निमार्ण भएको जनाईएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend