२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

भारतको जम्बुमा बस दुर्घटना, ९ जनाको मृत्यु


सञ्चार डबली
  • मंगलबार, जेठ १६ २०८०
  • 8.8K
    SHARES

  • images
    भारतको जम्बुमा बस दुर्घटना, ९ जनाको मृत्यु


    काठमाडौं, १६ जेठ । भारतको जम्बुमा बस दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ । अमृतसरबाट कटरा जाँदै गरेको बस गहिरो खाडलमा खस्दा ९ जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । बस दुर्घटनामा धेरै जना घाइते भएको बताइएको छ । घाइते सबैलाई अस्पताल पठाएको छ भने मृतकहरुको अझै सनाखत हुन सकेको छैन ।

    यसअघि जम्मूका डीसीले ७ जनाको मृत्यु भएको पुष्टि गरेका थिए । तर, अहिले मृत्यु हुनेको संख्या बढेको छ । घाइतेहरुलाई सरकारी मेडिकल कलेज र अस्पतालमा लगिएको छ । पञ्जाबको अमृतसरबाट श्री माता वैष्णो देवी कटडा जाँदै गरेको भक्तजनको बस झज्जर कोटली क्षेत्रमा पुलबाट खसेको हो । पुलको खाडल करिब ५० फिट गहिरो रहेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend