२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सिएट टायरको सिएट सपी बालकुमारी ललितपुरमा


सञ्चार डबली
  • आइतबार, जेठ १४ २०८०
  • 7.4K
    SHARES

  • images
    सिएट टायरको सिएट सपी बालकुमारी ललितपुरमा

     

    काठमाडौ,  १४ जेठ । नारायणी अटो बिजनेस प्रा.लि.ले “सिएट सपी” नामक सिएट टायरको नँया सोरुम ललितपुरको बालकुमारीमा सुरु गरेको छ। सिएट इडिया अन्तर्गत अन्तर्राष्ट्रिय व्यापारका भाइस प्रेसिडेन्ट सत्य रावले सिएट टायरको नयाँ शोरुम उद्घाटन गरेका थिए।

    कार्यक्रममा बोल्दै रावले भने, “सिएट टायरको यस नँया सोरुमले नेपाली ग्राहकहरुको बद्लिदो इच्छा एवं आवश्यकतालाई सर्वोत्कृष्ट ढंगले परिपूर्ति गर्ने कुरामा मलाई पूर्ण विश्वास छ ।” उनले सिएट, इंडिया नारायणी अटो बिजनेससँग निरन्तर प्रभावकारी सहकार्य गरी भविष्यमा सिएट ब्राण्डको छविलाइ नेपाली बजारमा अझ सुदृढ बनाउन उत्सुक रहेको पनि जानकारी दिए।

    यस्तैगरी, नारायणी अटो बिजनेसका प्रबन्ध निर्देशक अनुप बरालले सिएट जस्तो गुणस्तरीय टायर ब्राण्डसँग जोडिन पाउँदा आफुलाई हर्ष एवं गौरवको अनुभव भएको बताए। यस सोरुम नेपाली बजारमा निरन्तर वृद्धि भइरहेको सिएटको मागलाई सम्बोधन गर्न एक कोशेढुंगा सावित हुने पनि उनले बताए।

    कार्यक्रममा बोल्दै सिएट, इंडियाका नेपाल र भुटानका कन्ट्री मेनेजर राजपाल चड्डाले सिएट टायरको गुण एवं विशेषताहरु बारे प्रस्ट पारे।

    यस्तै, सिएट टायरका नेपालस्थित आधिकारिक विक्रेता   एस.टि.सी.का प्रबन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेतीले भने ,“यस टायर लामो समयदेखि नेपाली ग्राहकहरुको पहिलो रोजाई पर्न सफल ब्राण्ड हो। हामी निरन्तर ग्राहकहरुलाई गुणस्तरीय एवं भरोसायोग्य तवरले सेवा प्रदान गर्न प्रतिवद्ध छौं।”यस नँया सो रुमको उद्घाटनको अवसरमा सिएट टायरको मोडेल अनुरुप ५ देखि १५ प्रतिशतसम्म छुट प्रदान गरिने कम्पनिले जानकारी गराएको छ।

    अन्य उस्तै खालका टायर भन्दा उत्कृष्ट कार्यक्षमताको लागि सिएटले फाईभ स्टारको मान्यता प्राप्त गरेको छ। गाडीहरुको चक्कामा सरल एवं सन्तुलित तवरले प्रयोग गर्न सकिने सिएटमा सुरक्षाका विशेषताहरुले पनि सम्पन्न छ। त्यसैगरी, यस उत्पादनले इन्धनको खपत न्यूनीकरण गर्न पनि सहयोग गर्दछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend