२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

लागुऔषधसहित ३ जना पक्राउ


सञ्चार डबली
  • आइतबार, जेठ १४ २०८०
  • 5.6K
    SHARES

  • images
    लागुऔषधसहित ३ जना पक्राउ


    काठमाडौं, १४ जेठ । चितवन र कञ्चनपुरबाट लागुऔषधसहित तीनजना पक्राउ परेका छन् । चितवनको भरतपुर महानगरपालिका–१६ सूर्योदय टोलबाट नियन्त्रित लागुऔषध डाइजेपाम १ सय ५२ एम्पुल, नुर्फिन १ सय ५२ एम्पुल र फेनारगन १ सय ५१ एम्पुलसहित बारा घर भएका २१ वर्षीय रविन कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

    भरतपुर महानगरपालिका–१६ सूर्योदय टोल बस्ने २९ वर्षीय रुपेश लामाको घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय नारायणगढ र अस्थायी प्रहरी पोष्ट शरणपुरबाट खटिएको प्रहरीले उनको घर तलासी ‍गर्ने क्रममा उक्त लागुऔषधसहित फेला पारी रविनलाई पक्राउ गरेको हो । हाल फरार रुपेश लामाको प्रहरीले खोजी गरिरहेको छ ।

    कञ्चनपुरको बेलौरी नगरपालिका–१० कानीखल्लाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ६ ग्राम ९२ मिलिग्रामसहित बेलडाँडी गाउँपालिका–१ बस्ने २१ वर्षीय अर्जुन चौधरीसमेत दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भुडासमेतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend