२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कर्णाली मा.बि मा बिद्यार्थीको सिकाई दिगो बनाउन शैक्षिक सामाग्री निमार्ण ।


सञ्चार डबली
  • शनिबार, जेठ १३ २०८०
  • 9.9K
    SHARES

  • images
    कर्णाली मा.बि मा बिद्यार्थीको सिकाई दिगो बनाउन शैक्षिक सामाग्री निमार्ण ।

    नन्द बहादुर रोकाया
    जेठ १३ मुगु
    मुगुको छायाँनाथ रारा नगरपालिका वडा ७ कर्णाली माध्यामिक बिद्यालय टोप्लामा शिक्षक, बिद्यार्थीहरुको सहकार्यमा शैक्षिक सामाग्री निमार्ण तथा प्रदर्शन गरिएको छ । शिक्षण सिकाई क्रियाकलापलाई सहज बनाउन, सिकाईलाई चिरस्थायी र प्रभावकारी बनाउने उदेश्यका साथ शैक्षिक सामाग्री निमार्ण तथा प्रदर्शन गरिएको हो । कर्णाली माध्यामिक बिद्यालय टोप्लाका शिक्षक र बिद्यार्थीहरुको समन्वय र सहकार्यमा एक साता भरी शैक्षिक सामग्री निमार्ण गरेर शुक्रबार एक औपचारीक कार्यक्रमको आयोजना गरी शैक्षिक सामाग्री पदर्शन गरिएको छ ।

    3333.jpg
    undefined


    पाठयक्रममा रहेका शैक्षिक क्रियाकलाप, आवश्यक तस्विरको अवलोकल गरेर बिद्यार्थीहरुले शिक्षकको समन्वयमा स्थानीय स्रोत साधनबाट कागजका विभिन्न खेलाउन सामाग्री, निगालो, माटोका सामाग्री पाठहरुमा रहेका सामाग्री निमार्ण गरेका छन ।
    शिक्षण सिकाई क्रियाकलापलाई सहज बनाउन, सिकाईलाई चिरस्थायी र प्रभावकारी बनाउने उदेश्यकाका साथ यो शैक्षिक सामाग्री प्रर्दशनी गरिएको कर्णाली माध्यामिक बिद्यालय टोप्लाका प्रधानध्यापक चन्द्र प्रकाश बढुबाले जानकारी दिए । उनका अनुसार यसले बिद्यार्थाीहरुको रचनात्मक क्षमता बढ्नुका साथै बिद्यार्थीहरुमा सिकाई दिगो र अर्थपुर्ण राख्ने प्रधानध्यापक बढुवालले बताए  । 
    यस बिद्यालयमा ४५० जना बिद्यार्थी अध्ययनरत छन । शिक्षण सिकाई क्रियाकलापमा आवश्यक शैक्षिक सामाग्री निमार्ण कार्यमा बिद्यार्थीहरुको उत्साहजनक सक्रिय सहभागीता रहेको बिद्यालयले जनाएको छ । कक्षा ६ देखि १० सम्मका बिद्यार्थीहरु यसमा चित्रकला निमार्णमा एक अर्को लाई सघाउदै आत्मियताको भाव देखाएर सहभागी भएका र यो सिकाईले बिद्यार्थीहरुमा पठनपाठनमा सहज हुनमा बिद्यार्थाीहरु बिश्वस्त रहेका बिद्यार्थीहरु बताउँछन ।

    2222.jpg
    undefined


    बिद्यालयलाई राम्रो बनाउनका लागी सरोकारवाला निकाय, शिक्षक अभिभावकको उत्तकै भुमिका हुन्छ । कर्णाली माध्यामिक बिद्यालको प्रधानध्यापकमा चन्द्र प्रकाश बढुवाल आईसकेपछि बिद्यालयको परिर्वतन देखेर सबै अभिभावकपनि खुसी भएका छन । 
    शैक्षिक सामाग्री निमार्ण तथा प्रदर्शन कार्यक्रममा बोल्दै छायाँनाथ रारा नगरपालिका नगर प्रमुख बिष्णु कुमार भामले शैक्षिक सामाग्री अवलोकन मार्फत प्रेरेरित भएको बताए । बिद्यालयहरुमा पाठय पुस्तकको अध्ययन मात्र नभई बिद्यार्थीहरुको शिक्षण सिकाईलाई सहज बनाउन, प्रभावकारी तुल्याउन अन्य बिद्यालयले पनि यस्तो सिको गर्नु पर्ने देखिएको छ । बिद्यार्थीहरुलाई अध्ययन अध्याापनमा पाठयपुस्तको जतैकै भुमिका हुन्छ शैक्षिक क्रियाकलापको पनि उत्तिकै भुमिका हुन्छ । त्यसमा विभिन्न चित्र मार्फत अध्यन अध्यापन गराउदाँ । अझै बिद्यार्थीको सिकाई क्रियाकलाप गतिलो माध्यम बन्न सक्ने नगर प्रमुख बिष्णु कुमार भामले बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend