२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

चार महिनापछि भेटियो अभिनेता वेपत्ता जेफरसनको शव


सञ्चार डबली
  • शनिबार, जेठ १३ २०८०
  • 11.9K
    SHARES

  • images
    चार महिनापछि भेटियो अभिनेता वेपत्ता जेफरसनको शव


    काठमाडौं, १३ फागुन । चार महिनादेखि वेपत्ता ब्राजिलियन अभिनेता जेफरसन मचाडोको शव गाडिएको अवस्थामा भेटिएको छ । उनको शव रियो दी जेनेरियोस्थित एक घरबाहिर काठको बाकसमा भेटिएको हो ।जेफसनको पारिवारिक मित्र सिन्टिया हिल्सेंडेगरले जेफरसनको इन्स्टाग्राम पेजमा उनको निधनको पुष्टि गरेका छन् ।

    ‘यो निकै दुःखको कुरा हो कि जेफ २०२३ मे ५ मा मृत भेटिएका छन्’, सिन्टियाले लेखेकी छन् । प्रहरीका अनुसार ४४ वर्षे अभिनेताको शव सिक्रीले बाँधिएको थियो र एक काठको बाकसमा प्याक गरिएको थियो । जुन बाकस सिमेन्टले ढाकिएको थियो । बाकसलाई जमिनबाट ६ फिट तल गाडिएको थियो ।

    जेफरसनका पारिवारिक वकिल जाइरो मेगलहासले जेफरसनको दुवै हातलाई शिरको पछाडि बाँधेर ट्रङ्कमा बन्ध गरी घरको पछाडि गाडिएको अवस्थामा भेटिएको बताए । ‘उनको घाँटीमा एक दाग छ, त्यो दागले उनको घाटी थिचि मारिएको हुनसक्ने आशंका छ ।

    उनको पहिचान फिंगरप्रिन्टले गरेका हौं’, वकिलले भनेका छन् । जेफरसनको परिवारले उनको हत्याको पछाडि उनको सफलताको जलन गर्नेले गरेको आरोप लगाएका छन् । ‘निश्चित रुपमा ऊ बेइमान मानिसको क्रूरताको शिकार भएको छ । यो बारेमा चाँडै नै खुलासा हुनेछ । आरजे टाउसिप प्रहरीले यो मामलामा निकै राम्रो काम गरेको छ’, परिवारले भनेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend