२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

पशुपतिनाथको जलहरी विवाद : एमालेले संसद् बैठक चलाउन अझै मानेन


सञ्चार डबली
  • शुक्रबार, जेठ १२ २०८०
  • 9.4K
    SHARES

  • images
    पशुपतिनाथको जलहरी विवाद : एमालेले संसद् बैठक चलाउन अझै मानेन

    शुक्रबार, जेठ १२, २०८०
    काठमाडौं । नेकपा (एमाले)ले अवरोध गरेपछि २० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठकको समय सरेको छ ।गएको जेठ १० गते प्रतिनिधिसभा बैठकमा माओवादीका सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले पशुपतिनाथमा पित्तलको जलहरी चढाएर भ्रष्टाचार गरेको आरोप लगाएका थिए । सोही विषयमा आरोप पुष्टि गर्न वा माफी माग्न भन्दै एमालेले विरोध गरेपछि बैठक स्थगित भएको थियो । 

    उक्त बैठक बस्न नसकेपछि ३ बजे बस्ने गरी संसद् सचिवालयले सूचना जारी गरेको थियो । बैठकका लागि सहमति जुट्न नसकेपछि समय सारेर बेलुका ६ बजे बस्ने गरी सूचना जारी भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend