२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

प्रधानमन्त्री  ‘प्रचण्डले’  प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै 


सञ्चार डबली
  • शुक्रबार, जेठ १२ २०८०
  • 9.1K
    SHARES

  • images
    प्रधानमन्त्री  ‘प्रचण्डले’  प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै 

    शुक्रबार, जेठ १२, २०८०
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ आज संघीय संसद् अन्तर्गत प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् । 

    सांसदहरूले नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री प्रचण्डले दिने सम्भावित कार्यसूची रहेको छ । 

    राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते (शुक्रबार) संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल जारी छ ।  राष्ट्रियसभामा भने यो छलफल सकिएको छ । प्रधानमन्त्रीले राष्ट्रियसभा सदस्यहरूले नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ पनि दिइसकेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend