२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको मौसम : देशभर बिहानैदेखि मेघ गर्जनसहित विनाशकारी हावाहुरी


सञ्चार डबली
  • शुक्रबार, जेठ १२ २०८०
  • 9.6K
    SHARES

  • images
    आजको मौसम : देशभर बिहानैदेखि मेघ गर्जनसहित विनाशकारी हावाहुरी

    शुक्रबार, जेठ १२, २०८०
    काठमाडौं । देशका पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । मधेस, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

    आजराति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेशलगायत देशको पहाडी भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी  निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend