२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

 विभिन्‍न स्थानबाट लागुऔषधसहित ५ जना पक्राउ


सञ्चार डबली
  • बिहीबार , जेठ ११ २०८०
  • 8.3K
    SHARES

  • images
     विभिन्‍न स्थानबाट लागुऔषधसहित ५ जना पक्राउ


    काठमाडौं, ११ जेठ । देशका विभिन्‍न स्थानबाट लागुऔषधसहित पाँचजना पक्राउ  परेका छन् । काठमाडौंको काठमाडौं महानगरपालिका–१४ बल्खुबाट अवैध लागुऔषध गाँजा जस्तो देखिने बस्तु करिब ५ सय ग्रामसहित काठमाडौं कीर्तिपुर बस्ने ३२ वर्षीय विनायक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले बा.प्र ०२–०४० प.८०७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार श्रेष्ठलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । 

    काठमाडौंकै चन्द्रागिरी नगरपालिका–२ स्थित देउराली भञ्जाङबाट अवैध लागुऔषध गाँजा करिब ४ केजी ५ सय ग्रामसहित धादिङ गल्छी गाउँपालिका–१ बस्ने २६ वर्षीय बिपिन मगरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५१ प ३३६८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

     बाराको निजगढ नगरपालिका–८ तामागेटस्थित सडकबाट अवैध लागुऔषध गाँजा १२ केजीसहित सोही नगरपालिका–३ सिंगौल टोल बस्ने ४५ वर्षीय अर्जुन कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरीले हेटौंडाबाट महोत्तरीतर्फ जाँदै गरेको ना.७ ख ६४६० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित फेला परी पक्राउ गरेको हो ।

     बाँकेको नेपालगंज उपमहानगरपालिका–२० राझाँ चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १४ ग्रामसहित सोही उपमहानगरपालिका–१४ उदयपुरुवा बस्ने २५ वर्षीय सिताराम लोनियालाई प्रहरीले पक्राउ गरेको   छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

    मकवानपुरको थाहा नगरपालिका–२ फेदिगाउँ बस्ने ५५ वर्षीय सूर्य तामाङलाई अवैध लागुऔषध गाँजाको धुलो १८ केजी ४० ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको गाँजाको धुलो फेला पारी उनलाई पक्राउ गरेको हो ।  

       

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend