२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

अमेरिकी र्यापर कान्ये वेस्ट र ग्याप व्याण्डबीच कानूनी लडाइँ शुरु


सञ्चार डबली
  • बिहीबार , जेठ ११ २०८०
  • 9.9K
    SHARES

  • images
    अमेरिकी र्यापर कान्ये वेस्ट र ग्याप व्याण्डबीच कानूनी लडाइँ शुरु


    लसएन्जल्स, ११ जेठ । अमेरिकी र्यापर कान्ये वेस्ट र ग्याप व्याण्डबीच कानूनी लडाइँ शुरु भएको छ ।व्याण्डले कान्येविरुद्ध दुई मिलियन डलरको लो सूट फाइल गरेको छ । व्याण्डले कान्येसँगको सहकार्य असफल भएको दाबी गरेको छ ।

    यो मामलामा एकअर्काबीच आरोप प्रत्यारोप जारी छ । यो विषय एक रेन्टल प्रोपर्टीसँग जोडिएको छ । अदालतमा पेश भएको कागजात अनुसार कान्येले प्रोपर्टीमा कैयौं अनाधृकित परिवर्तन गरेका छन् । ग्यापले आफ्नो अनुमति बिना कान्ये परिवर्तन गरेको आरोप लगाएको छ । जसकारण दुवै पक्षबीच भएको सम्झौता तोडिएको छ ।

    ग्यापले कान्येमाथि कैयौं अन्य आरोप पनि लगाएको छ । कान्येको एकल निर्णयले २ मिलियन डलर क्षति भएको भन्दै त्यसको क्षतिपूर्ति मागिएको छ । यो विषयमा कान्येको कुनै प्रतिक्रिया आएको छैन । ग्यापले यसअघि नै कान्येसँगको आफ्नो साझेदारी तोडिसकेको थियो । यो ल सूटले अहिले कान्येलाई समस्यामा पार्ने देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend