२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

रुकुम पश्चिमका जीप दुर्घटनाः ४ जनाको मृत्यु


सञ्चार डबली
  • बिहीबार , जेठ ११ २०८०
  • 8.7K
    SHARES

  • images
    रुकुम पश्चिमका जीप दुर्घटनाः ४ जनाको मृत्यु


    रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ८ दुलीमा जिप दुर्घटना भएको छ ।आज बिहान भएको दुर्घटनामा परेर चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठजना घाईते हुन पुगेका छन् । सानीभेरी गाउँपालिका– ५ मेलचौरबाट जिल्ला सदरमुकाम खलङगा जादै गरेको लु १ ज १७४७ नम्वरको जिप दुलीको मोतिखोलामा दुर्घटना हुन पुगेको हो ।

    सो दुर्घटनामा परेर सानीभेरी गाउँपालिका ५ का देउचन खत्री, सोहि वडाका कर्ण बहादुर बाँठा, बाँफिकोट गाउँपालिका–८ की रेखा खत्री र उनको छोराको घटनास्थल मै मृत्यु भएको छ । दुर्घटनामा परेर आठ जना घाईते भएका छन् ।

    उनीहरुलाई उद्धार गरेर उपचारको पठाईएको छ ।दुर्घटनाको पुरा विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब चार सय मिटर तल खसेको बताईएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend