२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

बाख्मत शहर कब्जा गर्ने क्रममा २० हजार रुसी सैनिक मारिएको खुलासा


सञ्चार डबली
  • बिहीबार , जेठ ११ २०८०
  • 13.3K
    SHARES

  • images
    बाख्मत शहर कब्जा गर्ने क्रममा २० हजार रुसी सैनिक मारिएको खुलासा


    काठमाडौ, ११ जेष्ठ ।  रुस–युक्रेन युद्धमा रुसको नीजि सैनिकका २० हजार सेना मारिएको खुल्न आएको छ । रुसको तर्फवाट युक्रेनमा युद्ध लड्दै आएको रुसी निजी सैनिक समूह बाख्मत शहर कब्जा गर्ने क्रममा भएको लडाईमा २० हजार सैनिक मारिएका हुन ।

    वागनर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनले बाख्मतमा झण्डै दश महिना चलेको बाख्मतको संघर्षमा आफना समुहका २० हजार सैनिक जवानलाई गुमाउनु परेको बताए पछि सो रहस्य खुल्न आएको हो । प्रिगोजिनले क्रेमलिन समर्थक रणनीतिकार कन्स्टान्टिन डोल्गोभसँगको अन्तर्वार्तामार्फत उनले यो खुलासा गरेका हुन ।

    पश्चिमा देशहरुको सहयोगमा सुरु गर्ने ठानिएको युक्रेनको जवाफी कारबाही अनुसार रुसी सेनालाई दक्षिणी र पूर्वी युक्रेनसँगै क्राइमियाबाट समेत भगाउने उद्धेश्यसहित उनीहरु तयार रहेको सुचना आएकोसमेत उनले जनाएका छन् । जसकाकारण रुसले पनि पश्चिमा सहयोगमा हुन सक्ने युक्रेनी आक्रामणको प्रतिकारका लागि पुर्ण रुपमा तयारी अवस्थामा रहनु पर्ने उनको सुझावसमेत सार्वजनिक भएको छ ।

    मस्कोले भने बाख्मत शहर कब्जा गर्ने प्रयाससमा आफना ६ हजार सैनिक मात्रै मारिएको दावी गरिरहेको बेला नीजि सेनाका प्रमुखले भने उसको दाबी भन्दा १४ हजार भन्दा बढी सैनिक मारिएको जनाएको हो । निजी सैनिक समुह वागनरमा कम तालिमप्राप्त लडाकुहरु धेरै भएकाले यति धेरै मात्रामा क्षति भएको अनुमान युद्ध बिश्लेषकहरुले गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend