२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

बिनु यादवले तोडिन १५ दिन पछि अनसन, गृहमन्त्री श्रेष्ठसँग ५ बुँदे सहमति


सञ्चार डबली
  • बिहीबार , जेठ ११ २०८०
  • 7.1K
    SHARES

  • images
    बिनु यादवले तोडिन १५ दिन पछि अनसन, गृहमन्त्री श्रेष्ठसँग ५ बुँदे सहमति

    काठमाडौं, ११ जेठ । माइतीघर मण्डलामा १५ दिन देखी अनसनरत बिनु यादवले आफनो अनसन तोडेकी छिन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भएको ५ बुँदे सहमति पछि बिनु यादवले अनसन तोडेकी हुन । गत बैशाख २७ गते देखी श्रीमान र काका ससुराले बलात्कारको प्रयास गरेको, अदालतले जर्बजस्ती सबन्ध बिच्छेद गराएकोजस्ता बिषयको न्याययिक निरुपण हुनु पर्ने भन्दै उनी अनसनरत थिइन् ।

    तर, बुधवार साँझ भएको सहमति अनुसार उनका मागको सम्बन्धमा छानबिनको माग गर्दै गृह मन्त्रालयको परेको निवेदनको सबन्धनमा महान्यायधिबक्ताको कार्यालयमा लेखी पठाउने लगायतको सहमति भए पछि उनले अनसन तोडेकी हुन ।

    ‘सत्याग्रही विनु यादवका सत्याग्रहका मागहरुमध्ये रामेछाप जिल्लामा चलेको जाहेरवाला बिनु यादव र प्रतिवादी पवन कठायत भएको जवरजस्ती करणी उद्योग मुद्दाको वदनियतपूर्वक अनुसन्धान एवं अभियोजन भएको भन्ने सम्बन्धमा र २०७६–०१–३० गते बिनु यादव जाहेरवाला र प्रतिवादी प्रदिप कठायत भएको जवरजस्ती करणी मुद्दा कालिमाटी प्रहरी महिला सेलमा तत्कालीन अवस्थामा दर्ता भई २०७६–०१–३० गते नै पिडितको स्वास्थ्य परीक्षण समेत भई सकेको अवस्थामा पिडितलाई सुरज कार्की समेतले त्रासमा पारी २०७६–०२–०५ गते जाहेरी फिर्ता गराएको भन्ने सम्बन्धमा सो विषय हेर्ने प्रयोजनार्थ पीडित विनु यादवले मुलुकी फौजदारी संहिता, २०७४ को दफा ९९ को कानूनी प्रक्रियाका लागि महान्यायाधिवक्ता कार्यालयको सम्बन्धित समितिमा छानविन र अनुसन्धानका लागि आफ्नो तर्फबाट गृह मन्त्रालय मार्फत पेश भएको निवेदन उपर कारवाहीका लागि महान्यायाधिवक्ताको कार्यालयमा पठाउने’ पहिलो सहमतिमा भनिएको छ ।

    यस्तो छ सहमितः
    १. सत्याग्रही विनु यादवका सत्याग्रहका मागहरुमध्ये रामेछाप जिल्लामा चलेको जाहेरवाला बिनु यादव र प्रतिवादी पवन कठायत भएको जवरजस्ती करणी उद्योग मुद्दाको वदनियतपूर्वक अनुसन्धान एवं अभियोजन भएको भन्ने सम्बन्धमा र २०७६–०१–३० गते बिनु यादव जाहेरवाला र प्रतिवादी प्रदिप कठायत भएको जवरजस्ती करणी मुद्दा कालिमाटी प्रहरी महिला सेलमा तत्कालीन अवस्थामा दर्ता भई २०७६–०१–३० गते नै पिडितको स्वास्थ्य परीक्षण समेत भई सकेको अवस्थामा पिडितलाई सुरज कार्की समेतले त्रासमा पारी २०७६–०२–०५ गते जाहेरी फिर्ता गराएको भन्ने सम्बन्धमा सो विषय हेर्ने प्रयोजनार्थ पीडित विनु यादवले मुलुकी फौजदारी संहिता, २०७४ को दफा ९९ को कानूनी प्रक्रियाका लागि महान्यायाधिवक्ता कार्यालयको सम्बन्धित समितिमा छानविन र अनुसन्धानका लागि आफ्नो तर्फबाट गृह मन्त्रालय मार्फत पेश भएको निवेदन उपर कारवाहीका लागि महान्यायाधिवक्ताको कार्यालयमा पठाउने ।

    २.सत्याग्रही बिनु यादवका मागहरुमध्ये सम्मानित अदालतमा विचाराधिन रहेका विषयका हकमा सम्मानित अदालतबाट न्यायिक निरुपण हुने नै छ ।

    ३.अन्य मागका सम्बन्धमा क्षेत्राधिकार रहेको सम्बन्धित निकायमा लेखी पठाउने ।

    ४.सत्याग्रही बिनु यादवको पछिल्लो स्वास्थ्य अपरीक्षण गरी स्वास्थ्य उपचार गर्न र नीजको जिविकोपार्जनका लागि आवश्यक सहयोग गर्न महिला वालवालिका तथा नागरिक मन्त्रालयमा लेखी पठाउने ।

    ५. मिति २०७० वैशाख २७ गतेदेखि सत्याग्रह अनसन गरेकी बिनु यादवले आजकै मितिबाट सत्याग्रह अन्त्य गर्ने ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend