२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु


सञ्चार डबली
  • मंगलबार, जेठ ९ २०८०
  • 7.9K
    SHARES

  • images
    मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु


    कास्की, ९ जेठ । कास्कीको पोखरा महानगरपालिका ६ खहरेचोकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।हलञ्चोकबाट गैह्राको चौतारातर्फ जाँदै गरेको ग २४ प ३१० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सोमबार मध्यराति सवा १ बजे पल्टिएको थियो ।

    दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडी सवार काठमाडौँको कपनका १८ वर्षीय सफल खतिवडाको उपचारको क्रममा पोखरामै रहेको मेट्रोसिटी अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकला चालक तनहुँको म्याग्दे गाउँपालिका ४ थर्पुका १७ वर्षीय संगम बानियाँको उपचार भने सोही अस्पतालमा भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend