२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नेप्सेमा हरियाली: ५२ अंकले बढेर कारोबार रकम १८ अर्ब ५९ करोड पुग्यो


सञ्चार डबली
  • शुक्रबार, जेठ ४ २०८१
  • 7.3K
    SHARES

  • images
    नेप्सेमा हरियाली: ५२ अंकले बढेर कारोबार रकम १८ अर्ब ५९ करोड पुग्यो


    काठमाडौं ।यो साता नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा हरियाली देखिएको छ । यो साताको समग्र कारोबारको दिन नेप्से ५२ दशमलव ५३ अंकले बढेको छ । साताको पाँच दिन कारोबार हुँदा नेप्से चार दिन बढेको छ भने एक दिन मात्र घटेको छ ।

    गत साता १९६६ दशमलव २३ को बिन्दुमा पुगी बन्द भएको नेप्से यो साता बढेर २०१८ दशमलव ७६ बिन्दु कायम भएको छ । सुरुवाती दिनमै ८ दशमलव २६ अंकले बढ्न सुरु गरेको नेप्सेले कारोबारको तेस्रो दिनमै दुई हजार बिन्दु छिचोलेको थियो ।

    यो साता सेयर बजारमा माइक्रो फाइनान्स कम्पनीहरूले लगानीकर्तालाई आकर्षित गरेका थिए । भने, सबैभन्दा कम कर्पोरेट डिभेन्चर र ट्रेडिङ्स कम्पनीहरूको भएको छ ।गत साता नेप्से ३३ अंकले घटेको थियो भने १४ अर्ब २१ करोड २४ लाख ५५ हजार बराबरको कारोबार भएको थियो । यो साता सेयर बजारले १८ अर्ब ५९ करोड ४८ लाख ५० हजार बराबरको कारोबार भएको छ ।

    यो साता कारोबारको पहिलो दिन नेप्से परिसूचक ८ दशमलव २६ अंकले बढेर १९७४ दशमलव ५० को बिन्दुमा पुगेको थियो । जसमा ३ अर्ब १५ करोड ५१ लाख ४२ हजार १ सय ३८ रुपैयाँको कारोबार भएको थियो ।

    आइतबार माइक्रो फाइनान्स कम्पनीहरूमा लगानीकर्ता झुम्मिएका थिए भने कर्पोरेट डिभेन्चरको कारोबार सबैभन्दा कम भएको थियो ।त्यस दिन १३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको थियो भने ३ उपसमूहको परिसूचक घटेको थियो ।

    सोमबार नेप्से परिसूचक २४ दशमलव ३९ अंकले बढेर १९९८ दशमलव ८९ को बिन्दुमा पुगेको थियो । जसमा कारोबार रकम भने ३ अर्ब ४० करोड ८६ लाख रुपैयाँ रहेको थियो । १३ उपसमूहमध्ये त्यस दिन ८ उपसमूहको परिसूचक बढेको थियो ।

    कारोबारको दोस्रो दिन माइक्रो फाइनान्स कम्पनीहरूमा लगानीकर्ता झुम्मिएका थिए भने सबैभन्दा कम कारोबार ट्रेडिङ्स कम्पनीहरूको भएको थियो ।

    मंगलबार नेप्से सूचक २८ दशमलव ६२ अंकले बढेर २०२७ दशमलव ५१ को बिन्दुमा पुगेको थियो । जसमा कारोबार रकम भने ४ अर्ब ८ करोड ८५ लाख रुपैयाँ बराबरको भएको थियो । १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएका थिए ।

    मंगलबार माइक्रो फाइनान्स कम्पनीहरूमा लगानीकर्ता झुम्मिएका थिए भने सबैभन्दा कम कारोबार ट्रेडिङ्स कम्पनीहरूको भएको थियो ।बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ९ दशमलव ५४ अङ्कको गिरावट आएर २०१७ दशमलव ९७ को बिन्दुमा पुगेको थियो ।

    जसमा तीन अर्ब ७० करोड ८४ लाख ३० हजार ५५ बराबरको कारोबार भएको थियो । त्यस दिन उत्पादन तथा प्रशोधन समूह एक दशमलव ४०, म्युचुअल फण्ड एक दशमलव १७ र व्यापार समूह एक दशमलव १६ प्रतिशतले बढ्दा अरू सबै समूहका उपसूचक घटेको थियो ।

    साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ० दशमलव ७९ अंकले बढेर २०१८ दशमलव ७६को बिन्दुमा पुगेको थियो । जसमा कारोबार रकम भने ४ अर्ब २३ करोड ३८ लाख १६ हजार ४ सय ३ रुपैयाँ रहेको थियो ।

    बिहीबार माइक्रो फाइनान्स कम्पनीहरूमा लगानीकर्ता झुम्मिएका थिए भने कर्पोरेट डिभेन्चरको कारोबार सबैभन्दा कम भएको थियो । त्यस दिन १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको थियो भने ११ वटा उपसमूहको परिसूचक घटेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend