२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

मौद्रिक नीतिको तेस्रो समीक्षाः घट्यो सवारी साधनको जोखिम भार 


सञ्चार डबली
  • शुक्रबार, जेठ ४ २०८१
  • 7.8K
    SHARES

  • images
    मौद्रिक नीतिको तेस्रो समीक्षाः घट्यो सवारी साधनको जोखिम भार 


    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०८०–८१ को मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गर्दै ऋण प्रवाहदेखि, घरजग्गा धितोमा ऋण प्रवाह, बैंक तथा वित्तीय संस्थाको पुँजीकोष लगायतका विषयहरूमा खुकुलो नीति लिएको छ ।नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जामा विद्यमान रहेको १२५ प्रतिशत जोखिमभारलाई घटाएर १०० प्रतिशतमा कायम गरेको छ । 

    ‘बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरिनेछ’, मौद्रिक नीतिको समीक्षामा भनिएको छ ।

    त्यस्तै, घरजग्गामा प्रवाह हुने ऋणमा खुकुलो नीति लिँदै ऋण भुक्तानी आम्दानी अनुपातलाई घटाइएको छ । घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने समीक्षामा उल्लेख गरिएको छ ।

    साथै नेपाल राष्ट्र बैंकले कर्जा नोक्सानी सम्बन्धी दरलाई पनि समीक्षामार्फत् कटौती गर्ने काम गरेको छ । ‘बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरुको लागि गर्नुपर्ने 

    विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाई १।२० प्रतिशत कायम गरिनेछ’, समीक्षामा भनिएको छ ।राष्ट्र बैंकले आन्तरिक तथा वाह्य आर्थिक स्थिति र परिदृश्य समेतका आधारमा विद्यमान ५.५ प्रतिशतको नीतिगत दर, ब्याजदर करिडोर अन्तर्गतको ३.० प्रतिशतको निक्षेप संकलन दर र ७.० प्रतिशतको बैंक दरलाई यथावत राखिएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend