२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

रोजगारीको लागि १० महिनामा ५ लाख ७६ हजारबढी विदेशिए, सबैभन्दा बढी कहाँ ? 


सञ्चार डबली
  • शुक्रबार, जेठ ४ २०८१
  • 8.3K
    SHARES

  • images
    रोजगारीको लागि १० महिनामा ५ लाख ७६ हजारबढी विदेशिए, सबैभन्दा बढी कहाँ ? 


    काठमाडौं ।चालु आर्थिक वर्षको १० महिना अर्थात् बैशाख मसान्तसम्ममा ५ लाख ७६ हजार नेपाली रोजिरोटीका लागि विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार १० महिनाको अवधिमा ५ लाख ७६ हजार ५४२ जना रोजगारीका लागि विदेशिएका हुन् । 

    चालु आवको १० महिनामा औसतमा प्रतिमहिना ५७ हजार ६५७ जना रोजगारीका लागि विदेश जाने गरेको देखिएको छ । सबैभन्दा बढी चैत र वैशाख महिनामा वैदेशिक रोजगारीका नेपाली विदेश गएको विभागको तथ्यांकले देखाएको छ । चैतमा ७० हजार ९३३ जना नेपाली रोजगारीको लागि विदेशिएका छन् भने बैशाखमा ७० हजार ६३७ जना गएका छन् ।

    नेपालीहरू रोजिरोटीका लागि दशैँ तिहारमा पनि विदेशिएका छन् । दशैँको मुखमा अर्थात असोजमा ५६ हजार २३५ जना रोजगारीको लागि विदेश गएका छन् । २०८० सालमा दशैँ र तिहार कार्तिकमा परेकाले सबैभन्दा कम विदेशिएका छन् । कात्तिकमा ४३ हजार ६२२ जना विदेशिएको विभागले जनाएको छ ।  

    त्यस्तै, साउन ५५ हजार ५७५, भदौ ५० हजार ८८४ जना, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२ जना, मंसिर ६८ हजार २०१, पुस ६५ हजार ८१३, माघ ६२ हजार १४७, फागुन ६५ हजार ६५८ जना नेपाली रोजगारीका लागि विदेश गएको विभागको तथ्यांकले देखाएको छ ।

    वैशाखमा सबैभन्दा बढी मलेसिया गए 

    वैशाखमा ७० हजार ६३७ जना रोजगारीका लागि विदेश जाँदा सबैभन्दा मलेसिया गएका छन् । चैतमा मात्र १६ हजार ९४९ जना मलेसिया गएको विभागले जनाएको छ । नेपालीको दोस्रो रोजगार गन्तव्यको मुलुक युएइ बनेको देखिएको छ । वैशाखमा १६ हजार ५१२ जना युएई रोजगारीका लागि गएका छन् । 

    त्यस्तै, वैशाखमा कतार ११ हजार १०७, कुबेत ३ हजार ३८७, कोरिया एक हजार ७१०, जापान एक हजार २९८, रोमानिया एक हजार ८४, अष्ट्रेलिया ११५, बहराईन ९३४, साइप्रस ८४९, जोर्डन ४३६, चीन १०८, माल्दिभ्स ५७३, माल्टा २६६, मौरिसस ८७०, ओमान ५५२ र बुल्गेरिया २०८ जना गएका छन् । 

    साथै, सोही महिनामा गणतन्त्र कोरिया ७७२, सर्बिया १५९, बेलायत २८९ जना नेपाली रोजगारीका लागि गएको विभागको तथ्यांकमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend