२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

तरलता व्यवस्थापन गर्न फेरि रु. ३५ अर्ब तान्दै केन्द्रीय बैंक


सञ्चार डबली
  • बिहीबार , जेठ ३ २०८१
  • 6.8K
    SHARES

  • images
    तरलता व्यवस्थापन गर्न फेरि रु. ३५ अर्ब तान्दै केन्द्रीय बैंक

    काठमाडौं, जेठ ३ । बैंकिङ्ग प्रणालीमा थुप्रिएको तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ तान्ने भएको छ। केन्द्रीय बैंकले भोलि जेठ ४ गते फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै एकैपटक ३५ अर्ब रुपैयाँ खिच्न लागेको हो।

    यसका लागि भोलि मध्याह्न १२ बजे बोलकबोल हुने जनाएको छ। यसअघि बैंकिङ्ग प्रणालीबाट राष्ट्र बैंकले (आज) जेठ ३ गते एकैपटक ५० अर्ब रुपैयाँ र जेठ १ गते १० अर्ब रुपैयाँ खिचेको थियो। कर्जा प्रवाहले गति लिन नसक्दा बैंकहरु भने न्यून ब्याजदरमै राष्ट्र बैंकलाई पैसा दिन बाध्य भइरहेका छन्।

    निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यो ७ दिने निक्षेप संकलन उपकरणको जेठ ११ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend