२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 सेयर बजार घट्यो, कारोबार रकममा गिरावट 


सञ्चार डबली
  • बुधबार, जेठ २ २०८१
  • 7.5K
    SHARES

  • images
     सेयर बजार घट्यो, कारोबार रकममा गिरावट 

     

    काठमाडौं । चार दिनयता बढेको सेयर बजार बुधबार घटेको छ । नेप्से परिसूचक ९.५४ अंकले घट्दै २०१७.९७ विन्दुमा रह्यो । ८४ लाख ९० हजार ७२२ कित्ता सेयर ३ अर्ब ७० करोड ३० लाख रुपैयाँमा किनबेच भएको छ । मंगलबार नेप्से परिसूचक २८.६२ अंकले बढ्दै २०२७.५१ को विन्दुमा पुग्दा ९८ लाख ५५ हजार २८५ कित्ता सेयर ४ अर्ब ८८ करोड ८५ लाख रुपैयाँमा किनबेच भएको थियो । 

    आज १३ उपसमूहमा उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र व्यापारबाहेक सबै घटेका छन् ।१७१ कम्पनीको सेयरमूल्य घट्दा ६६ कम्पनीको मात्रै बढेको छ । ८ कम्पनीको सेयरमूल्य स्थिर रह्यो ।सर्वाधिक कारोबार हुनेमा पिपुल्स पावर छ । 

    उक्त कम्पनीको ११ करोड ८९ लाख रुपैयाको सेयर कारोबार भएको छ । यस्तै नेपाल फाइनान्सको १० करोड ९४ लाख, सांग्रिला विकास बैंकको ७ करोड ९८ लाख, सोनापुर मिनरल्सको ७ करोड ८२ लाख र शिवम् सिमेन्टको ७ करोड १६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । 

    घटेको बजारमा पनि दुई लघुवित्तका लगानीकर्ता सेयरमूल्य बढेर सर्किट लाग्दा फाइदामा रहे भने एउटा लघुवित्तको नेगेटिभ सर्किट लागेको छ । उपकार र युनिक नेपाल लघुवित्तको सेयरमा पोजेटिभ सर्किट लागेको हो । यस्तै सेयरमूल्य घटेर सर्किट लाग्नेमा गुराँस लघुवित्त छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend