२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 एनसेलले ल्यायो फाइभजी भिजनमा आधारित हुँदै ‘सधैँ अन’ योजना


सञ्चार डबली
  • बुधबार, जेठ २ २०८१
  • 7.9K
    SHARES

  • images
     एनसेलले ल्यायो फाइभजी भिजनमा आधारित हुँदै ‘सधैँ अन’ योजना


    काठमाडौं । एनसेलले फाइभजी भिजनमा आधारित हुँदै ‘सधैँ अन’ नामक आकर्षक योजना ल्याएको घोषणा गरेको छ । ‘सधैँ अन’ नाम रहेको योजनाको औचित्य भनेका नेपाली ग्राहकहरूलाई व्यालेन्स सकिने डर नगरी डाटा चलाउने र डिजिटल भविष्यतिर डोर्याउनु रहेको एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशन जाब्योर कायुमोभले बताएका छन् । 

    उनले ‘सधै अन’ मार्फत एनसेल ग्राहकहरुका व्यालेन्स खतम हने समस्या समाधान गर्न प्रतिवद्ध रहेको र ग्राहकहरुका सुझावहरुलाई विधानमा राखेर डेटा प्याकहरुलाई सरल बनाउँदै पाँच दर्जन बढि त्यस्ता डेटा प्याकहरुलाई २० वटामा झारेको बताए । 

    नेपाली ग्राहकको डेटा उपयोग गर्ने व्यवहारलाई विश्वका अन्य मुलुकहरु सरह बनाउँदै डिजिटलाइजेसनमा योगदान पु¥याउन योजनाको अवधारणा आएको भन्दै यो योजनाको अझ ठूलो उद्देश्य नेपाली ग्राहकहरूलाई फाइभजीका लागि तयार पार्नु रहेको पनि उनको भनाई छ । 
    उनले फाइभजीले कषि, स्वास्थ्य शिक्षा, पर्यटन लगायतका क्षेत्रहरुको विकासमा महत्वपूर्ण प्रभाव पार्न सक्ने भन्दै यसले नै सरकारले लिएको डिजिटल नेपालको अवधारणालाई मार्ग प्रशस्त गर्ने पनि बताए । 

    एनसेलको ‘सधै अन’ अन्तर्गत कम्पनीले बेसिक, बेस्ट र अनलिमिटेड गरि ३ वटा समूहमा ८ वटा विभिन्न आकर्षक प्लाननराव रहेकामा ल्याएको छ । यसमा ७ दिनको समर्यासमा हरेको रु ९८ वाट सुरु हुने प्याक देखि २८ दिन समयावधि रहेको रु १४९९ पर्ने सम्मको विभिन्न प्लानमर्यासमा छन् । हरेक प्लानमा डेटा, अल नेपाल कल टक टाइम अल नेपाल एसएमएसको बण्डलिङ्ग रहेको छरेकाहरु ग्राहकलाई विद्यमान शुल्क भन्दा दुई गणा सस्नो शुल्कमा उपलब्ध हुन्छ । यसका साथै ‘सधै अन’ सुचारु गर्नुहने ग्राहकले सामाजिक सञ्जाल प्रयोगको लागि निःशुल्क डेटा पनि प्राप्त गर्दछन् ।

    उदाहरणकालागि यदि कुनै ग्राहकले रु ९९ को बेसिक प्लान सुचारु गरेमा ग्राहकले २ जीबी डेटा, १ जीबी निःशुल्क सोसल मिडिया डेटा, ४९ मिनेट अल नेपाल कल टक टाइम र ४९ वटा अल नेपाल एसएमएस प्राप्त गर्नेछन् र यो ७ दिनको लागि मान्य रहनेछ । त्यस्तैगरी रु ४९९ को बेस्ट प्लान सूचारु गर्ने ग्राहकले १२ जीबी डेटा, ५ जीवी निःशुल्क सोसल मिडिया डेटा, ४४९ मिनेट अल नेपाल कल टक टाइम र ४४९ वटा अल नेपाल एसएमएस प्राप्त गर्नेछन् र यो २८ दिनको लागि मान्य रहनेछ ।

    आफ्नो आवश्यकता अनुसार धेरै डेटा तथा टक टाइम प्रयोग गर्ने ग्राहकका लागि एनसेलले ठूलो भोलुम भएको डेटा र अनलिमिटेड अल नेपाल कल टक टाइम रहेको प्लानहरु पनि ल्याएको छ। उदाहरणका लागि यस प्लान अन्तर्गत रु १४९९ को प्याक सुचारु गर्ने ग्राहकले १०० जीबी डेटा, १५ जीबी निःशुल्क सोसल मिडिया डेटा र अनलिमिटेड अल नेपाल कल टक टाइमको सुविधा लिन पाउँछन् । यो प्याक अन्तर्गतको सेवाहरु २८ दिनको लागि मान्य रहन्छ ।ग्राहकले एष्ट्रिक्स १२३ ह्यास डायल गरि सजिलै आफ्नो आवश्यकता अनुसार कुनै पनि ’सधैं अन’ प्लान लिन सक्छन् ।

    मोबाइल ब्रोडब्यान्ड स्पीडमा नेपाल अहिले विश्वको १०९ औं स्थानमा छ । सन् २०२६ सम्ममा नेपाल विश्वको शीर्ष ५० मा पर्न सफल होस् भन्ने चाहना एनसेलले राखेको छ । नेपाली मोबाइल फोन प्रयोगकर्ताहरूको आवश्यकता र माग बढ्दै गए पनि दैनिक डेटाको उपयोग एकदमै न्यून छ  १० मध्ये २ जना मात्रै नेपालीले नियमित रूपमा मोवाइल डाटा प्रयोग गर्छन् । साथै, औसत प्रति ग्राहक प्रति महिना डाटा खपत मात्र ४ जीबी रहेको छ, जुन अन्य छिमेकी देशहरूको तुलनामा कम हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend