२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आउँदो आर्थिक वर्षलाई कृषि लगानी दशक घोषणा गरिने


सञ्चार डबली
  • मंगलबार, जेठ १ २०८१
  • 8.0K
    SHARES

  • images
    आउँदो आर्थिक वर्षलाई कृषि लगानी दशक घोषणा गरिने


    काठमाडौं । सरकारले आउँदो आर्थिक २०८१–८२ लाई कृषिमा लगानी दशक घोषणा गरी कृषि क्षेत्रलाई माथि उकास्ने बताएको छ । संघीय संसद्को मंगलबार जारी संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन् । 

    राष्ट्रपति पौडलले मंगलबार नीति कार्यक्रम वाचन गर्दै भने, ‘कृषक समूह र सहकारीसँग समन्वयन गरी एकीकृत उत्पादन र बजारीकरण कार्यक्रम कार्यान्वयन गर्न स्थानीय तहलाई प्रोत्साहित गरिने छ । 

    सम्भाव्य स्थानमा चैते धान उत्पादन गर्न प्रोत्साहन गर्ने छ र बाँझो जमिनमा पशुपालन, फलफूल, वन पैदावार तथा नगदेवाली खेती गर्न सहयोग गरिने छ ।’यस्तै, राष्ट्रपति पौडेलले सरकारले कृषिजन्य उपजको न्युनतम समर्थन मूल्य तोकेर त्यसको लागि बजार व्यवस्थापन गर्ने व्यवस्था मिलाउने समेत उल्लेख गरे । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend