२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

एनआईसी एशिया बैंक तथा क्यापिटलमा निःशुल्क डिम्याट खाता खोल्ने सुविधा


सञ्चार डबली
  • मंगलबार, जेठ १ २०८१
  • 5.6K
    SHARES

  • images
    एनआईसी एशिया बैंक तथा क्यापिटलमा निःशुल्क डिम्याट खाता खोल्ने सुविधा

    काठमाडौँ, जेठ १ । एनआईसी एशिया क्यापिटल तथा बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट निः शुल्क डिम्याट खाता खोल्न सकिने भएको छ । 

    एक नेपाली, एक डिम्याट खाता अभियानमार्फत् दुर दराजमा बसोबास गर्ने नेपालीहरुमा डिम्याट खाताको पहुँच विस्तार गर्ने मुख्य उद्देश्यका साथ एनआईसी एशिया क्यापिटलको शाखा कार्यालयहरु, एनआईसी एशिया अनलाईन डिम्याट सेवा र एनआईसी एशिया बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट यही जेठ १ गतेदेखि आषाढ मसान्तसम्म निःशुल्क रुपमा डिम्याट खाता खोलिदिने र पहिलो वर्षको डिम्याट खाता संचालन शुल्कमा छूट दिने व्यवस्था गरेको हो ।

    कम्पनीले पछिल्लो समयमा आफ्नो सेवाहरुलाई प्रविधिको प्रयोग गरी आम सर्वसाधारणहरुलाई क्यापिटलको सेवा “लाईनमा होईन अनलाइन” मा भन्ने नारा सहित क्यापिटलको अधिकांश सेवाहरु अनलाईन मार्फत लिन मिल्ने व्यवस्था मिलाइएको हुँदा क्यापिटलको वेबसाइटमार्फत सहजै निःशुल्क रुपमा डिम्याट खाता खोल्न आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend