२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

२४.३९ अंकले बढ्यो सेयर बजार


सञ्चार डबली
  • सोमबार, वैशाख ३१ २०८१
  • 6.9K
    SHARES

  • images
    २४.३९ अंकले बढ्यो सेयर बजार

     

    काठमाडौं । सोमबार नेपाल स्टक एक्जेञ्ज (नेप्से) २४.३९ अंकले बढेको छ । आज नेप्से १.२३ प्रतिशतले बढेर १९९८.८९ विन्दुमा कायम भएको छ । आज ३ अर्ब ४० करोड ८६ लाख ८ हजार रुपैयाँ बराबरको ९५ लाख ४१ हजार १७ कित्ता शेयर ४५ हजार ८२८ पटक किनबेच भएको छ ।

    आज नेप्सेमा ३२० कम्पनीको कारोबार हुँदा १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने ८५ कम्पनीको शेयर मूल्य घटेको छ । ११ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

    आज सेन्सेटिभ इन्डेक्स ५.८३ अंकले, फ्लोट इन्डेक्स १.७९ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स २ अंकले बढेको छ ।१३ वटा उपसमूहमध्ये ४ समूहको शेयर मूल्य घटेको छ भने ९ समूहको शेयर मूल्य बढेको छ ।

    आज तिन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज नारायणी डेभलप्मेन्ट बैंक, समाज लघुवित्त र माण्डु हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend