२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

प्रभु इन्स्योरेन्सको आज सभा बस्दै, लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव 


सञ्चार डबली
  • बिहीबार , वैशाख २० २०८१
  • 7.7K
    SHARES

  • images
    प्रभु इन्स्योरेन्सको आज सभा बस्दै, लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव 


    काठमाडौं ।  प्रभु इन्स्योरेन्सको बिहिबार (आज) वार्षिक साधारण सभा बस्दैछ । प्रभु इन्स्योरेन्सले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको सभामा पेश गर्नेछ । प्रभु इन्स्योरेन्सको वार्षिक साधारण सभा प्रभु कम्प्लेक्स, तीनकुने काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

    साधारण सभा प्रयोजनका लागि वैशाख ७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, वैशाख ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

    कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन हुनेछ । 

    यस्तै, सभामा चुक्ता पुँजी २ अर्ब ५० करोड पुर्याउन हकप्रद सेयर निष्काशन गर्ने वा अन्य विकल्प भए सोही बमोजिम कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ । 


     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend