२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

३५ प्रतिशत लाभांश वितरण गर्दै सूर्यज्योति लाइफ, कहिले बस्दैछ साधारण सभा ?


सञ्चार डबली
  • बिहीबार , वैशाख २० २०८१
  • 8.0K
    SHARES

  • images
    ३५ प्रतिशत लाभांश वितरण गर्दै सूर्यज्योति लाइफ, कहिले बस्दैछ साधारण सभा ?


    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको वैशाख २१ गते शुक्रबारका दिन वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा कम्पनीले सेयरधनीहरुका लागि ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने जनाएको छ । जसअनुसार कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट १०।२६ प्रतिशत बोनस सेयर र २४।७४ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभा, होटल हैरिसन प्यालेस, विराटनगरमा बिहान १० बजे सुरु हुनेछ ।

    बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन हुने एजेण्डा पनि रहेको छ । यस्तै, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहनेछ । यता, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि वैशाख ७ गतेबुक क्लोज गरिसकेको छ । यसकारण वैशाख ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend