२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्न  आधार दरमा नै कर्जा दिने


सञ्चार डबली
  • बुधबार, वैशाख १९ २०८१
  • 10.3K
    SHARES

  • images
    गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्न  आधार दरमा नै कर्जा दिने

     

    काठमाडौं ।  गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्न  आधार दरमा नै कर्जा दिने भएको छ । यस सम्बन्धमा बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट (नेपालको लागि टोयोटा गाडीको आधिकारिक वितरक) बीच मंगलबार सम्झौता भएको छ ।

    उक्त सम्झौता–पत्रमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र युनाइटेड ट्रेडर्स सिन्डिकेटको तर्फबाट वरिष्ठ निर्देशक कैलाश बि. राजभण्डारीले हस्ताक्षर गरेका हुन् ।

    सम्झौता पत्रमा युनाइटेड ट्रेडर्स सिन्डिकेटबाट ग्राहकहरुले नयाँ टोयोटा गाडी खरिद गर्दा गरिमा विकासबाट आधार दरमा नै अधिकतमा १२ बर्षसम्मको अवधिका लागि सवारी कर्जा लिन सक्नेछन् ।

    ग्राहकहरूले व्यक्तिगत तथा व्यवसायिक दुवै प्रयोजनको लागि टोयोटा ब्राण्डको सवारी साधन खरिद गर्दा यो कर्जा सुविधा प्राप्त गर्नेछन ।  सम्झौता पश्चात युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. ले गरिमा विकास बैंक लिमिटेडलाई बैंकिङ्ग पार्टनरको रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेको छ ।

    काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएम मार्फत ग्राहकहरुलार्ई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend