२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रालि  र कोरियन कम्पनीबीच विषेश सम्झौता


सञ्चार डबली
  • सोमबार, वैशाख १७ २०८१
  • 9.9K
    SHARES

  • images
    नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रालि  र कोरियन कम्पनीबीच विषेश सम्झौता


    काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रालि र कोरियन कम्पनी एमएबीसी इन्भेस्टमेन्ट ग्रुप प्रालिबीच नेपालमा लगानी भित्र्याउने विषयमा सम्झौता भएको छ ।लगानी सम्मेलनको दोस्रो दिन सोमबार उक्त सहमति भएको हो ।

    चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठको उपस्थितिमा दुवै पक्षबीच सम्झौता भएको हो ।सम्झौतामा एमएबीसी इन्भेस्टमेन्ट ग्रुपको तर्फबाट कम्पनीका अध्यक्ष जियोन योग ली र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट शिवराज दवाडी ९माधव दवाडी० ले हस्ताक्षर गरे ।

    कोरियन कम्पनी एमएबीसी इन्भेस्टमेन्ट ग्रुपले नेपाल सरकारसँग उद्योग व्यवसाय, हरित ऊर्जा, सेवा उद्योग, नवीनतम प्रविधि, कृषि तथा खनिज क्षेत्रहरूमा वैदेशिक लगानी ल्याउने स्वीकृति लिएको छ । यस्तो लगानीको रकम नेपाली ६ अर्ब बराबर रहेको छ ।

    सम्झौता पत्रमा नेपालभित्र ल्याउने वैदेशिक लगानी मार्फत स्थापना र सञ्चालन हुने यस्ता उद्योग व्यवसायमा नेक्सजेन म्यानेजमेन्टले सहजीकरण तथा परामर्श सेवा प्रदान गर्ने सहमति भएको नेक्सजेन म्यानेजमेन्टले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend